जनकपुरधाम । नेपाल प्रहरीका आईजिपी बसन्त बहादुर कुवरले नियमबिपरित आफुअनुकुलका कार्यालयहरुमा दरबन्दीबाहिर बसिरहेका प्रहरीहरुको काज फिर्ता गरी दरबन्दी भएको ठाउँमा पठाउन आदेश संगै नेपालैभरिका प्रहरी कार्यालयहरुबाट धमाधम रवाना भईरहेको छ । तर ती नियम शक्ति र पहुँच भएका एकआध घुमुवा प्रहरी माथी लागू भएको देखिदैन ।
आफुअनुकुल ठाउमा काज गराई अडा जमाएर बसेका प्रहरीहरुलाई काज फिर्ता गरि दरबन्दीमा पठाउने आईजिपी कुवरको आदेशलाई लत्याउदै जनकपुरस्थित संघीय प्रहरी इकाइ कार्यालयकाका एस.एस.पि ध्रुब बहादुर राउतले महोत्तरी दरबन्दी भएका अतिनै बिबादित बदनामीत सिपाही हुँदा निलम्बन समेत परिसकेका प्रहरी हवल्दार मोतिलाल पटेललाई काजफिर्ता नगरी राखेर असुली गराईरहेको खुलेको छ ।
घुमुवा हवल्दार पटेल जनकपुरस्थित संघीय प्रहरी इकाइ कार्यालयका एस एस पि ध्रुब बहादुर राउतको नाममा ब्यापारी तस्कर , जुवाडे लगायतका अबैध कारोबारीहरुबाट मोटो रकम नजराना उठाउदै बुझाउदै आएका छन ।
यति मात्र हैन धनुषाका घुमुवा सई बब्लु ठाकुर,हवल्दार सुरेन्द्र ठाकुर , हवल्दार महेन्द्र महतो , सई जयलाल यादव लगायतका सबै घुमुवाहरु दरबन्दी फिर्ता लखेटिएपछि उनी मधेश प्रदेशका डिआईजी जनक भट्टराईको घुमुवा म नै हु भनी नाम भजाउदै धनुषाका राजिव महासेठ ,चाची , सुरेश साह ,छोटु , अहेसान, बर्तुलाह , उमेश , सम्तुलाह ,रहमान ,नरेश ,महिन्द्र , नइम लगायतका नामुदत ब्यापारी तस्करहरुको घर घरमा धाउदै रकम उठाउदै गरेको खुलेको छ ।
बिहीवार राती धनुषाका नामुदत तस्कर सुरेश साह र महोत्तरीका नमुदत तस्कर बिन्देश्वर नायकले सेटिङ मिलाउन घुमुवा पटेलको जनकपुर कदम चौकमा रहेको डेरामा द्वयतस्करहरुले हास ल्याई अबेर राति १२ बजे सम्म पार्टी खादै डिल गरेको एउटा थप रहस्य उजागर भएको छ । त्यस पार्टीमा भखरै एक दिन पहिला ईप्रका खजुरीबाट घुस तस्करी काणडमा जिल्ला प्रहरी कार्यालय धनुषामा तानिएका हवल्दार बृजेश मुखिया पनि समाबेश थियो ।
घुमुवा हवल्दार पटेलको अन्तै दरबन्दी भएपनि काजमा बिगत ३/४ वर्ष देखि संघीय प्रहरी इकाइ कार्यालय जनकपुरमा कार्यरत रहेका छन।
प्रकाश अर्यालले संगठनको नेतृत्व सम्हाले बितिकै सचिवालयमा एउटा महाशाखा नै गठन गरि प्रहरी कर्मचारीहरुले आचरण बिपरित काम गर्ने ब्यापारी एवम तस्करहरुसंग नाजायज फाईदा लिइ रकम असुल्ने गरेका गुनासोहरु बढेपछि सोको निरीक्षण अनुगमन गर्नका लागि विभिन्न टोलिहरु परिचालन गरेका थिय् । महानिरीक्षकको कार्यालयमा रहेको उजरी छानबिन टोलीले अनुसन्धानका क्रममा सप्तरीका घुमुवा सिपाही मोतिलाल पटेल सहित ५ जना निलम्बनमा परेका घुस्याहा बद्नमित घुमुवा प्रहरी हुन । २०७४ सालमा सप्तरीका एसपि दिवेश लोहनीको पालामा सिपाही हुँदा महानिरीक्षकको कार्यालयमा रहेको उजरी छानबिन टोलीले २०७४ असार २२ गते घुसको रकम सहित डिएसपि छेदीलाल कामतीको कमान्डमा खटेको टोलीले रङोहात पक्राउ गरेपछि निज घुमुवा पटेलको ६ महिना निलम्बन समेत परिसकेका बद्नामित घुमुवा प्रहरी हुन । छानबिन गरि निलम्बन अवधी सके पछि गरेड सहित जिरो गरेर कार्वाही गरि खोटाङ लखेटिएका थिए ।
संगठन बिभागले पटेलले चलाउने मोबाईल नं। 9815827458 को कल्ल डिटेल निकाली राम्रो संग छानबिन गर्यो भने त्यसबाट पनि उन्ले तस्करबाट गरेको कुराकानी लगायतको सन्जाल बारे प्रष्ट हुन्छ