अमरेन्द्र कुमार यादव, महेन्द्रनगर २५ भदौ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरूले धनुषाधामस्थित धनुषाधाम नगरपालिकाको संयुक्त वडा कार्यालयमा तोडफोड गरेका छन् । बिहान एघार बजेतिर हजारौंको संख्यामा रहेका आन्दोलनकारीले वडा कार्यालयमा तोडफोड गरेका हुन् ।

dhanushadham-sarkaari-karyaalay-25-bhadra7

तोडफोडले कार्यालयको ढोका, कुर्सीलगायतका सामानमा क्षती पुगेको छ । तोडफोडका कारण कुल २६ हजार बराबरको क्षती भएको नगरपालिका वडा नं. ३ र ४ का वडा सचिव जगदिश मण्डलले बताए ।

dhanushadham-sarkaari-karyaalay-25-bhadra4

dhanushadham-sarkaari-karyaalay-25-bhadra5

आन्दोलनरत समूहले धनुषाधाममा रहेको सशस्त्र र जनपथको गरी दुई प्रहरी बिटमा आगजनी गरेका छन् । नारावाजी गर्दै आएका मोर्चा आबद्ध कार्यकर्ताले गरेको आगजनीका कारण दुबै बिट जलेर नष्ट भएका छन् ।

dhanushadham-sarkaari-karyaalay-25-bhadra9

त्यस्तै आन्दोलनकारीले ठाउँठाउँमा टायर बालेर तथा रुख ढालेर सडक अवरुद्ध गरेका छन् ।

dhanushadham-sarkaari-karyaalay-25-bhadra8

तस्विर : अमरेन्द्र कुमार यादव/हुलाकी न्यूज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.