हुलाकी न्यूज, जनकपुरधाम । मधेश प्रदेशको भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निती तथा योजनाहरु जनमुखी ढंगले अगाडी बढेको देख्न सक्छौंं ।
मन्त्रालयले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बमोजिम कतिपय कार्यक्रमहरु प्रदेश सरकारको बजेट सीलिंगका कारण संघीय कृषि मन्त्रालय संग समेत सहयोग माग गरेको छ। जस अनुसार करीब ६.७ अर्बको कार्यक्रम संघीय कृषि मन्त्रालय अन्तर्गत समावेश गर्न परियोजनाको बिवरण सहित संघीय कृषि मन्त्री माननीय डा. बेदुराम भुसाल ज्यू मार्फ़त मन्त्रालयमा पेश गरेको छ।
जनमत पार्टीबाट मधेश प्रदेशका भूमी व्यवश्था, कृषि तथा सहकारी मन्त्री ई. बसन्त कुशवाहाले “मधेश प्रदेश कृषिको अन्न भण्डार खाली भाषणमा हैन्, माग अनुसारका कार्यक्रम बजेटमा समावेश गराई कार्यक्रम कार्यान्वयन गर्नका लागी संघीय मन्त्रालयलाई समन्वय गर्न आग्रह गरेका छौं ” भन्नुभयो ।
मन्त्रालयले सक्रिय रुपमा कृषि क्षेत्रका समस्याहरुको दिगो समाधानको लागी दीर्घकालीन तथा अल्पकालीन योजना बनाई किसानका समस्या समाधान गर्न तर्फ अग्रसर रहेको मन्त्री कुशवाहाले बताउनुभयो ।