हुलाकी न्यूज, जनकपुरधाम । नेपालको सत्ता राजनीतिमा गठबन्धन कुनै नौलो कुरा होइन । पहिलो संविधान सभा चुनाव भन्दा पहिले पनि सरकार निर्माणका लागी सत्ता समीकरणमा फरक बिचार सिद्धान्त भएका पार्टीबीच गठबन्धनको राजनिती हुंदै आएको हो । विस्तारै यसलाई सबैले स्वाभाविक मान्न पनि थाले । तर हुंदा हुंदा अन्तरिम संविधान पछि चुनावमा समेत राजनितीक दलहरुले तालमेल र गठबन्धन गरेर साझा उम्मेदवारको रुपमा कुनै एक दलको उम्मेदवारलाई अर्कै पार्टीका नेता – कार्यकर्ताले भोट मागिदिनुपर्ने अवस्था सृजना हुनु भनेको अब बिचार र सिद्धान्त को राजनिती सकिएको हो कि भन्ने आम धारणा पाइन्छ ।

पछिल्लो समय मधेश को राजनितीमा डा. सीके राउतको उदयपछि परम्परागत दलहरु लगायत मधेश आन्दोलन पछि उदाएका दलहरुलाई जनमत पार्टी एक्लैले चुनौती थपि दिएको छ । मधेशमा अन्य दलहरु चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने अवस्था छैन । मंसीर ४ गते भएको संघीय निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसंग लगनगांठो कसे पनि भारी मतान्तरले उनी पराजित भए । यो हारले उनलाई केही धक्का दिएपनि आफ्नो साख जोगाउन बारा २ को निर्वाचन क्षेत्र खाली गराई उपनिर्वाचनबाट पुनः संसद छिर्ने बाटो बनाए । यसपटक भने पुरानो सम्बन्ध बिच्छेद गरी सत्ता गठबन्धनको ५ दलसंग सम्बन्ध गांसे ।

जोखिम मोलेर बैशाख १० को उपनिर्वाचनमा बारा २ बाट भाग लिएका उनले अन्ततः गठबन्धन र आफ्नो पार्टीको इज्जत जोगाउन भने सफल भए । यद्यपि, यस चुनाव परिणामले गठबन्धन बलियो देखाए पनि एक्ला एक्लै पार्टीहरु कमजोर भैसकेको स्थिती छ । उपनिर्वाचनमा यदि एक्ला एक्लै प्रतिस्पर्धा गरेका भए ती दलहरुको जमानत समेत जफत हुने अवश्था रहेको देखिन्छ ।

आउँदा दिनमा पनि एक्ला एक्लै चुनाव लडदा जनमत पार्टी भारी हुने हुंदा मधेशमा गठबन्धनको राजनिती जारी रहने देखिन्छ । यसले गठबन्धनमा रहेका ५ दलका नेता कार्यकर्ताहरुको राजनितीक भविष्य भने अनिश्चित हुने देखिन्छ । मधेश प्रदेशको ३२ वटा निर्वाचन क्षेत्रमा गठबन्धनको हिसाबले टिकट बितरण भएमा हरेक दलको पोल्टामा ६ जनाले मात्र टिकट पाउने भए पछि अन्य नेताले के गर्ने भन्ने प्रश्न अहिलेदेखी उठन थालेको छ । त्यस्तै आउने स्थानिय निर्वाचन र प्रदेश सभा निर्वाचनमा समेत यसको प्रभाव पर्ने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.