हुलाकी न्यूज, काठमाडौं २५ भदौ । जलेश्वरमा प्रहरीको गोली लागि घाइते भएका पिगौनाका विरेन्द्र विच्छेलाई अस्पतालले आज मृत घोषणा गरेको छ । आज दिउँसो १०ः३० बजे उनलाई काठमाडौंस्थित थापाथलीमा रहेको र्नोभिक अस्पतालले मृत घोषणा गरेको हो ।

अस्पताल श्रोतका अनुसार विच्छेको अस्ति नै मृत्यु भईसकेको थियो तर सुरक्षा निकायको दबाब कारण घोषणा गरिएको थिएन ।

अस्पतालमा कार्यरत एक डाक्टरले हुलाकी न्यूजलाई दिएको जनकारी अनुसार बुधबार अबेर राति नै विच्छेको मृत्यु भएको थियो ।
तर दबाबका कारण अस्पतालले आज मात्र मृत घोषणा गर्दै प्रमाण पत्र उपलब्ध गराएको छ ।

ब्रेनमा गोली लागि ३५ वर्षी विच्छेको मृत्यु भएको प्रमाण पत्रमा उल्लेख गरिएको छ ।

थप समाचार

UPDATE जलेश्वरमा घाइते भएका विरेन्द्रको काठमाडौंमा मृत्यु

2 COMMENTS

  1. RIP… बचने अधिकार त दिएनै तर सुरक्षा निकायको दबाब कारण पनि मरने अधिकार पनि पाएन। कस्तो देशमा जनमे हामी?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.