हुलाकी न्यूज, काठमाडौं । जनमत पार्टीबाट खानेपानी तथा सरसफाइ मन्त्री बनेका अब्दुल खानले शुक्रवार राजीनामा दिनुभएकाे छ ।
सत्ता गठबन्धन दलहरुबीच अघिल्लो दिन भएको बैठकमा सहमती अनुसार जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय पाउने समाचार बाहिरिएको थियो । तर पछिल्लो पटक झैं प्रधानमन्त्री पुष्पकमल दाहालले झुक्याउँदै पुनः खानेपानी तथा सरसफाई मन्त्रालय नै कायम रहने गरि तोके पछि मन्त्री खानले जनतामा बाचा गरे अनुसारको काम गर्ने वातावरण नभएकोले सरकारमा टांसीरहन औचित्य नभएको भन्दै प्रधानमन्त्री समक्ष राजिनामा बुझाउनु भएको हो ।
सिंहदरबारमा मन्त्री र कर्मचारीको लागी मिनिरल बोटलको ठाउंमा मेलम्चीको शुद्ध खानेपानीको ब्यवश्था मिलाउने देखी लिएर खानेपानी तथा सरसफाईको क्षेत्रमा उल्लेख्य काम गर्दै कम समयमा चर्चामा आईरहनु भएको थियो ।
यसपटकको मन्त्रीमण्डल विस्तार तथा बांडफांडमा जनमतले कृषि र उद्योग मन्त्रालयमा दाबी गर्दै आएको छ ।