हुलाकी न्यूज, जनकपुरधाम, १६ भदौ । जनपुरका मुख्य बजार तथा चौकहरुमा जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधित क्षेत्र घोषणा गरेको छ । बुधबार दिउँसो १२ बजेदेखि अर्को आदेश नआएसम्मका लागि सरकारी कार्यालयहरु रहेको जनकपुरका मुख्य चौकहरुलाई निषेधित क्षेत्र घोषणा गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कालि प्रसाद पराजुलीले हुलाकीलाई जानकारी दिए ।

जनकपुरको कदम चौकदेखि बिसहरा चौक, कदम चौकदेखि राम चौक र कदम चौकदेखि भानु चौकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

उक्त क्षेत्रभित्र कुनै पनि किसिमको नारा, जुलुस गर्न प्रतिबन्ध लगाइएको छ । निषेधित क्षेत्रभित्र कुनै पनि नारा जुलुस वा विरोधका कार्यक्रम गरेमा प्रहरीले जवाफी कारवाही गर्न सक्ने प्रजिअ पराजुलीले बताए ।

उनले मंगलबार जनकपुरको अवस्था तनावग्रस्त भएको र स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने देखिएकाले निषेधित क्षेत्र तोक्नुपरेको बताएका छन् । पराजुलीले मंगलबार घरेलु हातहतियारसहितका प्रदर्शनकारी सडकमा देखिएका र बुधबार पनि भालालगायतका घरेलु हतियार बोकेका प्रदर्शनकारी देखिएकाले निषेधित क्षेत्र तोक्नुपरेको दाबी गरेका छन् । ।

निषेधित क्षेत्र उल्लंघन गरेको खण्डमा प्रहरीले जस्तो पनि कारवाही गर्न सक्ने प्रजिअ पराजुलीले चेतावनी दिएका छन् ।

पराजुलीले अहिले भने स्थिति नियन्त्रणमा रहेको जनाएका छन् । निषेधित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.