हुलाकी न्युज, जनकपुर।   मधेश प्रदेशका सबै वडामा जैविक प्रविधिबाट अर्गानिक मलखाद उत्पादन गर्ने साना उद्योग सञ्चालन हुने भएको छ ।

मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई.बसन्त कुशवाहाले आफ्नो फेसबुक पोस्ट मार्फत प्रदेशका सबै १,२७० वडामा जर्मनीको Welt Hunger Hilfe नामक संस्थाको सहयोगमा जैविक प्रविधिबाट आर्गेनिक मलखाद, कम्पोस्ट मल, झोल मल आदि उत्पादन गर्न प्रस्ताव आएको जानकारी दिनुभएको छ ।

यस परियोजना मार्फत उत्पादित जैविक मलको उपयोगबाट जमीनको उर्वरा शक्ति बढ़ाउनेछ।

यस परियोजनाको दातृ संस्थाले जमीन र यसमा प्रयोग हुने शेड बाहेक उद्योग संचालनका लागी आवश्यक सम्पूर्ण सामान, मशीन, प्रविधि, प्रशिक्षण आदि उपलब्ध गराउने छ।

यस उद्योगका लागी ईच्छुक व्यक्ति/ समूह/ संस्थाहरुले चैत्र २५ गते भित्र आफूले संचालन गर्न चाहेको वडा नम्बर सहित मा. मन्त्री ज्युको सचिवालयको नम्बरमा (सन्त साह: 9817619069, प्रमोद ईशर: 9816339495,अर्जुन कुशवाहा: 9811297460) सम्पर्क गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.