हुलाकी न्यूज, जलेश्वर १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले सोमबार साँझ महोत्तरीको जलेश्वरमा रहेको नेकपा एमालेको जिल्ला कार्यालय तोडफोड गरेका थिए भने मंगलबार विहान नेपाली काँग्रेसको कार्यालय जलाएका छन् ।

सोमबार एमाले कार्यालयमा तोडफोड गर्दै मोर्चाका कार्यकर्ताहरुले पार्टीको साईन बोर्ड र झण्डा सडकमा ल्याएर जलाएका थिए ।

मंगलबार विहान मोर्चाका कार्यकर्ताहरुले नेपाली काँग्रेसको जिल्ला कार्यालयमा ढँुगामुढा गरी पेट्रोल छर्केर आगो लगाएका हुन् ।

सरकारको नेतृत्व गर्ने नेपाली काँग्रेसले मधेशी जनताको माग वेवस्था गरेको भन्दै कार्यालय जलाएको घटना स्थलमै कार्याकर्ताहरुले बताउँदै थिए ।

यता अहिले जलेश्वरको अवस्था तनाव ग्रस्त रहेको छ । सीमा क्षेत्रमा पनि बन्दको प्रभाव निकै रहेको हुलाकी सहकर्मीहरुले बताएका छन् ।
तस्बिर : समरेन्द्र शर्मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.