हुलाकी न्यूज, काठमाडौं १५ भदौ । तीन वटा मधेशवादी पार्टीहरु मिलेर मधेशी थरुहट मोर्चा गठन गरेको छ ।

विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम(गणतान्त्रिक) सम्मिलिन मोर्चाको औपचारिक घोषणा मंगलबार हुँदैछ ।

समाजवादी पार्टीका प्रवक्ता केशव झाका अनुसार विभिन्न चरणको छलफल पश्चात मंगलबार औपचारिक रुपमा मोर्चा घोषणा गर्न लागिएको हो ।

झाले मधेश र थरुहटमा भईरहेको आन्दोलनको नेतृत्व मोर्चाले गर्ने दाबी गरे ।

मोर्चा घोषणा लगतै आन्दोलनका कार्यक्रमहरु पनि हुनेछ । फोरम लोकतान्त्रिकमा केही दिन यता देखिएको चरम विवादलाई साम्य पर्न पार्टीको बैठक केही दिन यता बस्दै आएको छ । उक्त पार्टीको निर्णय पछि आन्दोलन शसक्त हुने लोकतान्त्रिकका नेताहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.