हुलाकी न्यूज, काठमाडौं ।   सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय फिर्ता लिएको छ।सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको हो।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारले अनुदान कटौती गरेसंगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मलको मूल्य वृद्धि सहित परिवर्तित मूल्य सूचि जारी गरेको थियो ।
यसको जनमत पार्टीले आधिकारिक बिज्ञप्ति जारी गरि बिरोध जनाएको थियो भने जनमत पार्टी रुपन्देहीले चैत्र २ गते भैरहवाको मिलनचोकमा खबरदारी कार्यक्रम समेत गरेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.