हुलाकी न्यूज, रुपन्देही ।   रुन्देहीको मर्चवारी गापा ४ देवनगढिया का ३१ बर्षिय राम मिलन चमारलाई सोही गाउंका बिनोद गोसाई गिरीले “पानी नचल्ने जाति गाउंको पसलमा किन बसेको ? ” आदी नाना थरिका गाली गर्दै कुटपिट गरेका छन । कुटपिटबाट पिडित राम मिलन चमारको ओठ, निधारमा समेत घाउ भएको छ ।

पिडकलाई तत्काल पुलिस चौकीमा लगेपनि गाउंका सारा उच्च जातीहरु मिलेर धरौटिमा पिडकलाई छोडाएर लगेका छन । प्रहरी प्रशासनले समेत पीडक उच्च जातिहरुकै साथ दिएको पाइएको छ ।

यस विषयमा पीडितलाई न्याय दिलाउन ब्यापक जनदबाव सिर्जना भैरहेको त्यस क्षेत्रका संघीय सांसद उम्मेदवार रहेका जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्र. यादवले जानकारी दिएका छन ।

यी यस्ता जातीय विभेदका घटना हिन्दू समाजमा पटक पटक घटिरहेको कारणले नै धर्म परिवर्तन पनि बढेको स्थानिय समाजसेवी बिन्द्रावती हरिजनले बताइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.