हुलाकी न्यूज, काठमाडौं । आज बुधवार प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय योजना आयोगको सदस्य पदमा डा. जयकान्त राउतलाई नियुक्त गरेका छन ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) मा वरिष्ठ कृषि वैज्ञानिकको रुपमा अनुभव संगालेका डा. राउत पछिल्लो संसदिय निर्वाचनमा समेत जनमत पार्टीको तर्फबाट सप्तरी क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका थिए ।

जनमत पार्टीको शुरुवात कालदेखी नै सक्रिय नेताको रुपमा डा. राउतलाई चिनिन्छ । उनी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतका आफ्नै दाइ हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.