जनकपुरधामः मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री इन्जिनियर बसन्त कुशवाहाले मन्त्रालय सम्हाले लगतै काममा तीब्रता दिएका छन्।

शुक्रबार पदभार ग्रहण गरेका मन्त्री कुशवाहाले मंगलबारसम्म प्रक्रियागत विभिन्न कामलाई अगाडि बढाएका छन्।

मन्त्रालय मातहतमा खाली रहेको १ सय २२ वटा दरबन्दीमा कर्मचारी भर्नाका लागि उनले लोकसेवा आयोगलाई लेखेर पठाएका छन्। त्यसैगरी मधेश प्रदेशमा मलखादको आवश्यकता बारे अध्ययन र मौजुदा रहेको मलखाद बारे जानकारी लिएका छन्।

मलखादको आपुर्ति सहज गर्नका लागि उनले प्रक्रिया थालेको बताएका छन्।

यसैगरी, मन्त्री कुशवाहाले किसानहरुको सुविधाका लागि किसान कार्ड वितरणको तयारी थालेका छन्।

जसका लागि प्रत्येक पालिका स्तरमा स्वयम्सेवक परिचालन गर्ने उनले जानकारी दिएका छन्। किसान कार्ड वितरण भए किसानहरुलाई अन्य सहुलियतका कामहरु गर्न सहज हुने भन्दै मन्त्री कुशवाहाले प्रक्रिया अगाडि बढाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.