हुलाकी न्यूज, काठमाडौं १४ भदौ । पर्साको बीरगंजमा प्रहरीको गोली लागि एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीको गोलीले ३० वर्षीय दिलिप चौरसियाको मृत्यु भएको भनिएको छ ।

तर पर्साका प्रहरी प्रमुख दिवेस लोहनीले हुलाकी न्यूजसँगको कुराकानीमा एक जनाको मृत्यु भएको खबर पाएको तर विस्तृत जानकारी नरहेको बताए ।

हुलाकी न्यूजसँग फोनमा प्रमुख लोहनीले भने, ‘हामीलाई पनि एक जना मरेको जानकारी आएको छ तर विस्तृत जानकारी आउन बाँकी छ । अवस्था गम्भिर रहेकोले विस्तृत जानकारी पाउन कठिन भएको छ ।’

यता स्थानीय पत्रकारहरुका अनुसार मृतक चौरसिया बीरगंज–२५ जगनाथपुरका स्थानीयबासीन्दा हुन् ।

संघीय समाजवादी फोरम नेपालका एक जना नेताले मृतक आफनो पार्टीको गाउँ इकाई कमिटिको सदस्य रहेको दाबी गरेका छन् ।

यता प्रहरीको आन्दाधुन्द फाईरिङ्गबाट आक्रोसित बनेका प्रदर्शनकारीहरुले दुई वटा प्रहरी चौकीहरुमा आगजनी गरेको जनाइएको छ । तस्बिर घाइते मध्येका

1 COMMENT

  1. यो online मिडिया र फेसबुक जस्ता सोसल मिडिया ले समाज मा ठुलो भ्रम सृजना गर्दै छ ।
    हिजै केहि अन्लाईन मिडिया ले googal boy आदित्य को मृत्यु भयेको खबर छापे को थियो ।त कसैले रास्ट्रपति ले k p oli लाई अभद्र भाशा प्रयोग गरेको त कसैले रमेश खरेल को नाम बाट post गर्यो त कसै ले भरतीय ग्रीह मन्त्री को नाम बाट ।
    येदी स्थित यही रह्यो भने यो अन्लाईन हरु ले कुनै दिन अनिस्ठ न गराउला भन्न सकिन्न ।
    — —————————–जनहित को लागि सम्पुर्ण नेपाली मा समर्पित —–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.