हुलाकी न्यूज, जनकपुरधाम ।
मधेश प्रदेश सरकारमा ‘भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय’ जनमत पार्टीको पोल्टामा परेको छ । पार्टीबाट मन्त्री मा. ई. बसन्त कुमार कुशवाहालाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
शुक्रवार नै उनले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगी पदभार ग्रहण गरेका छन ।  लगत्तै आफ्नो कार्यालयमा मधेश जनविद्रोहका शहीदको तस्वीर राखी कार्यभार थालनी गरेका छन ।
मन्त्री कुशवाहाले जनमत पार्टीले जनतामा उठाउँदै आएको किसानको मुद्दा समाधान गर्नका लागी सहमती अनुसार नै पार्टीलाई मन्त्रालय दिइएको प्रतिक्रिया दिए ।

आगामी दिनमा किसानका लागी  किसान कार्ड लागू गर्ने, मलखाद पूर्ती सम्बन्धमा आवश्यक कदम चाल्ने लगायतका योजना रहेको बताएका छन ।
मधेश प्रदेश सरकारमा पार्टीले कृषि मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा समेत दाबी गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.