update

कलैयामा आन्दोलनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले १२ राउँण्ड हवाई फायर, २८ रन आश्रुग्यास प्रहार गरेको छ । प्रहरीसँगको झडपमा संघीय समाजबादी फोरम नेपालका महासचिव रामसहाय यादवसहित एक दर्जनभन्दा बढी आन्दोलनकारीहरु घाईते भएका छन् । उनीहरुको कलैया अस्पतालमा उपचार भईरहेको छ ।

———————-

हुलाकी न्यूज, कलैया १४ भदौ । बाराको कलैयामा सोमबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विरोध सभाका लागि बनाइएको मञ्च प्रदर्शनकारीहरुले नै तोडेका छन् । करिब ५ हजारको संख्यामा विभिन्न गाउँबाट आएका प्रदर्शनकारीहरुले निशेधित क्षेत्र तोड्न खोज्दा मोर्चाका नेताहरुले रोकेका थिए । नेताहरुले प्रदर्शनकारीलाई रोकेको आक्रोसमा संघीय समाजवादी फोरम नेपालका अधिकांश कार्यकर्ताहरुले मञ्च तोडेका थिए ।

मञ्चमा तोडफोड भएपछि मोर्चाको विरोध सभा स्थागित गरिएको छ ।

स्थानीय पत्रकार सुभाष प्रसाद साहले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार प्रदर्शनकारीहरुले कलैयामा लाठी जुलुससहित प्रदर्शन गरेका छन् । साहका अनुसार निकै आक्रमक देखिएका प्रदर्शनकारीहरुले निशेधित क्षेत्र तोड्न खोज्दा मधेशी मोर्चाका नेताहरुले रोकेका थिए । मोर्चाका नेताहरुले रोकेको आक्रोसमा प्रदर्शनकारीहरुले विरोध सभाका लागि बनाइएको मञ्चमा तोडफोड गरेको पत्रकार साहले बताए ।

काँग्रेस–एमालेका कार्यकर्ताहरु पनि सहभागी

कलैयामा सोमबार भएको प्रदर्शनमा नेपाली काँग्रेस र एमालेका कार्यकर्ताहरु पनि सहभागी भएका छन् । मधेशी मोर्चाका नेताहरु सहभागी हुने भनिएको कार्यक्रममा आसपासका गाउँबाट मधेशीबादी दलसहित काँग्रेस–एमालेका कार्यकर्ताहरुको पनि निकै सहभागीता रहेको पत्रकार साहले बताए । तस्बिर : प्रमोद गुप्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.