हुलाकी न्यूज, बीरगंज १४ भदौ । सोमबार बीरगंजको विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा आधा दर्जनभन्दा बढी गम्भिर घाइते भएका छन् । संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवका अनुसार समान्य घाइते हुनेहरुको संख्या एक दर्जनभन्दा बढी छ ।

घण्टाघर नजिकै दिउँसो प्रहरीको गोली लागि ८ वर्षीय बालकसहित ३ जना घाइते भए जसमा बालकको नाम खुल्न नसकेपछि पर्सा भडियाहीका भएको प्रहरीको भनाई रहेको छ ।

सोही स्थानमा गोली लागि जाकिर मिया र राजकुमार सोनार घाइते भएका छन् । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको उनीहरु माध्ये मियाको घाँटीमा गोली लागेको बताइएको छ ।

त्यस्तै प्रहरी र प्रदर्शनकारीबीच नगवा चौकमा भएको झडपमा एक जनालाई गोलीको छर्रा लागेको छ । स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ५ दर्जनभन्दा बढी हावाइ फायर गरेको प्रदर्शनकारीहरुले बताएका छन् । छर्रा लागी घाइते भएका कृष्णकुमार पटे र अन्य ८ जना प्रदर्शनकारीको पनि नारायाणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

अनिश्चितकालिन कर्फयु

विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडप पछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फयु लगाएको छ । बीरगंज नगर क्षेत्रमा अपरान्ह ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लािग कर्फयु लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिएका छन् । तस्बिर : यात्राडेली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.