हुलाकीन्युज, रुपन्देही। जनमत पार्टी, रुपन्देहीले किसानलाई खेतीको समयमा पर्याप्त मलखाद उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय भैरहवामा ज्ञापनपत्र बुझाएको छ।
कार्यालयका प्रबन्ध निर्देशक गणेश प्रसाद घिमिरेलाई ज्ञापत्रपत्र बुझाउँदै पार्टीले विगतमा धान रोप्ने र अहिले गहुँ छर्ने समयमा किसानका लागि मलखादको अभाव हुनु दुर्भाग्यपूर्ण रहेको बताएको छ । किसानले महंगोमा सीमा पारीबाट डर त्राससहित मल ल्याउन बाध्य हुनुपरेको भनेको राज्य संयन्त्र असफल हुन पुगेको भनेको छ । किसानका माग र मुद्दाप्रति जनमत पार्टी गम्भिर रहेको र विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु समेत गर्दै आइरहेको पार्टीका रुपन्देही जिल्ला सचिव कृष्ण कोहारले बताए ।

ज्ञापन पत्र बुझाउने क्रममा जनमत पार्टी रुपन्देही क्षेत्र नम्बर ५ (२)बाट निर्वाचित प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ता तथा पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादव लगायत पार्टीका केन्द्रीय नेताहरू राजेन्द्र गुप्ता, रामकेश गुप्ता, बिनोद पासवान सहितका नेता कार्यकर्ताहरुको उपस्थिती थियो ।

पत्रमा, विगतमा देखिएको मल अभावलाई ध्यानमा राखी हाल तोकिएको परिमाणमा थप ५० प्रतिशत थप गरी रुपन्देही जिल्लाका हरेक स्थानीय तहमा यथाशिघ्र पर्याप्त मल निकासी गर्नुपर्ने, मल निकासी गरिसकेपछि स्थानीय तहमार्फत किसानलाई मल पुगे/नपुगेको अनुगमन संयन्त्र बनाइनुपर्ने तथा तोकिएको दररेट भन्दा बढी मूल्यमा कुनै स्थानीय डिलरले मल विक्रीवितरण गरेको पाइएमा दर्ता खारेज गर्नुपर्ने माग जनमत पार्टी, रुपन्देहीले राखेको छ ।

ज्ञापनपत्र बुझ्दै कृषि सामग्री कम्पनी लिमिटेड भैरहवाका प्रादेशिक प्रबन्ध निर्देशक घिमिरेले समस्या समाधानका लागि पहल गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.