सिरहा, १४ मंसिर ०७९ दिपेन्द्र यादव : अहिले किसानहरु दैनिक रुपमा गहुँ खेती कर्ममा बेस्त देखिन्छ। एकातर्फ धान घर भित्रियाउने र अर्को तर्फ गहु छर्ने कार्य भैरहदा मलखाद्यको निकै अभाव देखिन्छ। मलखाद्यको अभावमा गहुँ छर्न ढिला भैरहेको किसानहरु बताउछन् । यसै समस्या लाई बुझन हिजो मंगलबार सिरहा २ ‘क’ बाट निर्वाचित मधेश प्रदेश सांसद माननीय संजय कुमार यादव लहान स्थित कृषि सामग्री कम्पनी लि. र साल्ट ट्रेडिङ सेन्टरमा छड्के अनुगमन गर्न पुगे। दुबै कार्यालयको गोदाममा मल खाद्य भरिभराउ थियो ।
गोदाममा मल खाद्य भरिभराउ हुदाहुदै पनि किसान समक्ष किन्न पुग्दैन त ? भन्ने प्रश्नमा कार्यालय प्रमुखले स्थानीय सरकारको लापरबाही र गैरजिम्मेवारीका कारण पुग्न नसकेको बताए । हामीले सबै स्थानीय तहमा पत्राचार गरिसकेका छौं । वहाहरुले समयमा माग फारम नपठाएको र ढुवानी नगरेकाले समस्या उत्पन्न भएको छ। सांसद यादवले पनि वहाँको भनाइ अनुसार सम्पुर्ण फाइल अध्ययन गर्नु भयो।
सांसद यादबले अनुगमनपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै स्थानीय सरकार र सम्बन्धित निकाय विचको समन्वय र गैरजिम्मेवारीपनका कारण गोदाममा मल खाद्य भए पनि किसान समक्ष पुग्न नसकेको बताउनु भयो। अर्को कुरा स्थानीय तहहरुले कुनै पनि तथ्यांक बिना हचुवाको भरमा मल खाद्य माग गर्ने र माग नै कम मात्रामा गर्ने , माग गरेको मल खाद्य समेत समयमा नलग्ने प्रवृत्तिका कारण समस्या देखिएको छ। वहाले सम्पुर्ण स्थानीय तहलाई आफ्नो हिस्साको मल खाद्य अति चाडो लग्न र बितरण गर्न आग्रह गर्नुभयो ।
स्थानीय सरकारले बेवास्ता गरेको र समयमा किसानलाई मल उपलब्ध गराउन नसकेकोले प्रक्रिया फेरेरै भए पनि किसान समक्ष मल पुर्याउन सांसद यादवले कार्यालय प्रमुख लाई निर्देशन दिनु भयो। देश व्यापी रुपमै मल कम आयात भएको कारण समस्या छ नि त ? प्रश्नमा वहाले उपलब्ध भए जतिको त पहिला उपयोग गरौं । बाकी कुरा हामीले सरकारको तर्फबाट सदन बाटै आवाज उठाउछौ र समस्या समाधान गर्छौ ।