Upendra Mahato Sadbhawana
लेखक : उपेन्द्र महतो

सदभावना पार्टीले संबिधान सभा परित्याग गरेदेखि नै राजनीतिक क्षेत्रमा एउटा तरंग र बहसको जन्म भएको छ । सदभावना पार्टीले पत्रकार सम्मेलनमार्फत संबिधान सभाबाट राजीनामा गर्ने घोषणा गरेसँगै काँग्रेस, एमाले, एमाओवादी, फोरम लोकतान्त्रिकलगायत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका अन्य घटक दलका नेताहरूले सदभावना पार्टीले प्रचारवाजीको लागी राजीनामा गरेको आरोप लगाउन थाले ।

तर यिनीहरूको प्रचारवाजीलाई मित्थ्या साबित गर्दै सदभावना पार्टीका सभासदहरूले सभामुख सामु छुट्टा छुट्टै राजीनामा पेस गरे ।
अब काँग्रेस, एमाले, एमाओवादीलगायतका सत्ताधारी पार्टीले सदभावना पार्टीले संबिधान संभाबाट राजीनामा दिनु हुँदैनथ्यो जस्ता तर्क दिदैछ भने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका अन्य घटक दलका नेताहरूले सदभावनाका सभासदहरूको राजीनामा स्वीकृत नहुने भएकोले राजीनामा गरेको जस्ता कुतर्कहरू दिदै छन् ।

मानौ तपाई कै कुरा सही हो भने तपाईहरूको राजीनामा स्वीकृत नहुने नै भए पछी राजीनामा किन दिन डराउनु भएको त ?

आज पनि मलाई स्मरण छ स्वाभिमान मधेश बिचार समूहले साउन २९ गते काठमाण्डौको अर्याल होटलमा गरेको ‘संबिधान सभाको औचित्य र मधेशी सभासदहरूको सामूहिक राजिनामा’ बिषयक अन्तरक्रिया कार्यक्रम, त्यस कार्यक्रममा सबै मधेशी दलका युवा बिद्धार्थीदेखि मधेशी बुद्धिजीवी र पत्रकारसम्म थिए । उपस्थित सबैले अब संबिधान सहमतीमा नभई गणितिय आधारमा केही नेताको स्वार्थमा बन्नलागेको र मधेशी, थारू, मुस्लिम, आदिवासी जनजाती, दलित लगायतको अधिकारको रक्षा मात्र सडक आन्दोलनमार्फत हुने निष्कर्स निकाल्दै मधेशी सभासदहरूले संबिधान सभाबाट राजिनामा दिनु पर्ने निष्कर्स निकालेका थिए ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पहिले सत्ताको निम्ति भर्यागंको रूपमा प्रयोग भएको र अहिले सभासदहरू पद जोगाउन प्रयोग भईरहेको धारणासमेत आयो । अन्य पार्टीले निर्णय नगरे पनि सदभावना पार्टीको विरगंजमा बसेको बिस्तारित बैठकले संबिधान सभा औचित्यहिन भएको खण्डमा संबिधान सभा परित्याग गर्ने निर्णय गरिसकेकोले सदभावना पार्टीले अगाडि किन नबढेको जस्तो प्रश्नसमेत उठ्यो ।

साउन ३१ र ३२ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित गठबन्धनले नेपाल बन्दको आह्वान गरेको थियो । जसमा सरकारको ब्यापक दमन पश्चात संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको साउन ३२ गते बेलुका बसेको बैठकले भदौ १ गतेदेखि अनिश्चितकालिन मधेश बन्दको घोषणा गरेको थियो । त्यस बैठकमा पनि सदभावना पार्टीले सामूहिक राजिनामाको प्रस्ताव राखेको कुरा संचार माध्यममा आएकै थियो ।

बन्द कै क्रममा सडकबाट मधेशी सभासदहरूको राजीनामाको स्वरहरू पनि नाराको रूपमा ‘मधेशी सभासद राजिनामा दे’, ‘हामीहरू गोली खाने तिमीहरू संबिधान सभामा भत्ता खाने’ घन्किरहे कै बेला साउन १ गते प्रहरीको गोलीबाट सप्तरीको भारदहमा राजिव राउत सहिद भए । सो दिन नै सदभावना पार्टीको काठमाण्डौमा आकस्मिक बैठक बसी अब जनता जनआकान्छा र पार्टीको बिगतमा भएको निर्णयलाई आत्मसात गर्दै सदभावना पार्टीले संबिधान सभा परित्याग गर्ने घोषणा गर्यो ।

मधेशवादी दलहरूको बिगतको क्रियाकलाप जे जस्तो भए पनि अहिले मधेशी, थारू, मुस्लिम, आदिवासी जनजाती, दलितलगायतको बिरोधमा बन्नलागेको संबिधान बिरूद्धमा एकजुट भएर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायत अन्य दल पनि अहिले आन्दोलनमा छ ।

मधेशका लागि राजनीति गर्ने अन्य दलले पनि संविधान सभाबाट राजीनामा दिएर जनताबीच सडकमा आए आन्दोलन छिट्टै उत्कर्षमा पुग्ने कुरा आम जनताको भनाई छ । सदभावना पार्टीका सभासदले दिएको राजीनामाले आन्दोलनलाई आंशिक उचाईमा पुर्याएको छ भने मोर्चाका अन्य दलका सभासदले पनि राजीनामा गरे आन्दोलन २४ घन्टा मै उत्कर्षमा पुग्ने कुरा पनि आन्दोलनकारीहरूको भनाई छ ।

मधेशी दलहरूमाथि जहिले पनि सत्ता र भत्ताको आरोप लागिरहेको बेला पहिलो पटक सदभावना पार्टीले जन आकाँक्षाअनरूप संबिधान सभाबाट परित्याग गरेर त्यागको राजनीतिको सुरूवात गरेको छ । यसलाई अधिकारको लागि आन्दोलनरत मधेशी, थारू, मुस्लिम, आदिवासी जनजाती, दलितलगायतले स्वागत गरेका छन् ।

सदभावना पार्टीले बिगतमा धेरै गलतीहरू गरे होलान तर आज मधेशी, थारू, मुस्लिम, आदिवासी जनजाती, दलित लगायतको सम्बिधान सभा मार्फत अधिकार स्थापित हुनुपर्नेमा, त्यही संबिधान सभा उनिहरूको अधिकारबाट बंचित गराउने हथियारको रूपमा प्रयोग भईरहँदा, जनताको माग र भावना अनुरूप सदभावना पार्टीका सभासदहरूले संबिधान सभा परित्याग गरि जनतासँग काँधमा काँध मिलाएर पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोदेखि साधारण कार्यकर्तासम्म सड़कमा ओर्लिएका छन् ।

मधेशी जनताले सबै मधेशी दललाई एकै नजरले हेर्न छोड्नु पर्छ । तिनीहरूको काम र त्यागको पनि कÞदर गर्नु पर्छ । जसले गर्दा त्याग गर्ने परिपाटी बड्दै जान्छ । ‘कुन मधेशी दलले मधेशका लागि राजनीति गर्दैछ र कुन मधेशी दलले मधेशको नाममा राजनीति गर्दैछ’ यस बारेमा विचार गर्ने सही समय आएको छ । जनताको भवनाअनरूप कम गर्ने दललाई समर्थन र जनताको भवना बिरूद्ध काम गर्नेलाई बहिष्कार गर्नै पर्छ । सदभावना पार्टीको यो त्यागको कÞदर नभए भविष्यमा कसैले त्याग गर्ने आँट गर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.