राजविराज : सप्तरीका पत्रकाहरुको एक टोलिले जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा नव निर्वाचित सांसद डा.चन्द्रकान्त राउत संग भेटवार्ता गरेका छन ।
आईतवार मधेशका चर्चित पत्रकार संजिव बिक्रम साह सहितका पत्रकारहरुले भेट वर्ता गरेको हो ।
भेटमा पत्रकार साहको टोलिले नव निर्वाचित सांसद डा.राउतलाई फुलको गुच्छा प्रदान गर्दै बधाई तथा शुभकामना दिएका थिए ।
पत्रकार साहले सप्तरी सहित समग्र मधेशको विकासको सन्र्दभमा कुराकानी गरेका थिए ।
डा. राउत र पत्रकारहरु बीच सप्तरीको इतिहास ,पर्यटन विकास , राजविराज बजार क्षेत्रको विकास तथा किसानहरुको समस्याको वारेमा छलफल भएको छ ।