हुलाकी न्यूज, रुपन्देही । मधेशको राजनितीमा उर्वर मानिएको मर्चवार क्षेत्रका जनताले हरेक पटक नेता परिक्षण गर्ने क्रमलाई निरन्तरता दिने संकेत गरेको छ । पछिल्लो संसदिय निर्वाचनमा पूर्व मन्त्री समेत रहेका सर्वेन्द्र नाथ शुक्लाको ठाउंमा प्रमोद यादवलाई मौका दिएका थिए । यसपटक भने प्रमोद यादवको ठाउँमा जनमतका भोपेन्द्र यादवलाई मौका दिने जन अभिमत बन्दै गएको देखिएको छ ।

पछिल्लो पटक विधायकमा जितेका अष्टभुजा पाठक र बसिउद्दिन लाई कांग्रेसले निरन्तरता दिए पनि क्षेत्रमा तिनको पकड खुकुलो रहेको सजिलै बुझ्न सकिन्छ । यसकारण रुपन्देही – ४ मर्चवार क्षेत्रमा कांग्रेस कमजोर देखिएको छ ।

त्यस्तै, अर्का प्रतिश्पर्धीको रुपमा ७० कटेका लोसपा का नेता शुक्ला समेत हिम्मत जुटाएर मैदानमा उत्रिएका छन । उनका आफ्नै विधायक उम्मेदवार संग सही तालमेल नहुंदा उनी स्वयं कमजोर बन्दै गएको जनताको प्रतिक्रिया छ ।

अर्कातिर, कांग्रेस र लोसपा लाई कडा टक्कर दिंदै डा. सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार भोपेन्द्र प्रसाद यादव को भने चर्चा ग्रासरूट सम्म पुगेको देखिन्छ । यसरी हर्न छाप बलियो हुंदै गएको संकेत बुझ्न सकिन्छ ।

क्षेत्रको जन अभिमत बुझ्ने क्रममा कोटहिमाई ३ का रामसुन्दर यादवका अनुसार यसपटक हामीले पुराना डेट एक्सपायर भइसकेका पार्टी र नेतालाई विदाई गर्ने मन बनाइसकेको बताए ।

सम्मरीमाई १ का राजकुमार यादवले भने “हामी गरिब किसानको दुःख बुझ्ने हामी जस्तै नेता चाहन्छौं, नपढेलेखेका र जमीनदार नेता भन्दा भोपेन्द्र यादव धेरै मानेमा अब्बल छन । गरिब किसानका मसिहा भनेर भोपेन्द्र बाबु लाई सबैले सम्मान गर्छन”

त्यस्तै मर्चवार २ का रहमत अली भन्छन “यसपटक पैसा लुटाएर जित्न चाहने नेतालाई मर्चवारले राम्रो सजाय दिनेछन । मर्चवार कुनै फलानो नेताको गुलाम होइन । भोट दिलाउने ठेक्का लिएका राजनितीक बिचौलिया को समेत बिचल्ली हुनेछ यसपाली ।”

माथी पार्टीहरुले जे जस्तो गठबन्धन गरे पनि यस क्षेत्रका जनताले आपसमा गठबन्धन गरिसकेका छन, जनताको बीच एक अर्कामा भोपेन्द्र यादव लाई जिताउने लहर बनिसकेको मायादेवी ४ का स्थानीय रामगणेश हरिजन बताउँछन ।

त्यस्तै लुसांनपा१३ का युवा सन्तोष पासवानले -जनता अब जागिसकेको छ, पहिले नै मन बनाइसकेको छ, जनता पैसा र दारूमा यसपाली बिक्ने अवश्था छैन । भोपेन्द्र दाई र बबलु शुक्ला जी लाई जनताले विजयमाला लगाइसके भन्दा हुन्छ भन्छन ।

जनमतका सांसद पदका उम्मेदवार यादवले आफू २० हजार मतान्तरले अगाडी रहेको दावि गर्छन । गरिब, किसान, मजदूर, दलित, महिला, मुस्लिमको लागि आवाज उठाउने पार्टी, भ्रष्टाचार विरुद्ध आवाज उठाउने, सामन्ती शोषणवादी बिरुद्ध आवाज उठाउने पार्टी को रुपमा जनताले जनमत पार्टी लाई चिनेका छन, अहिले जनमत संग कुनै पनि पार्टी र उम्मेदवारले प्रतिस्पर्धा नरहेको उनको भनाई छ । यादवले पनि आफ्नो बिजय भैसकेको र औपचारिकताका लागि मात्र मंसिर ४ गते पर्खनु पर्ने बताए । यादवले आफूहरुले मर्चवारको परिवर्तनका लागि पटक पटक संघर्ष गरेको, यहांका जनताको लागी रगत र पसिना बगाएको हुंदा क्षेत्रवासीले मेरो कामको मूल्यांकन अवश्य गर्ने बताए।

किसानका लागि संघर्ष गर्दा पटक पटक सरकारबाट दमन भएको र झुटा मुद्धा लगाएर पटक पटक जेल जानु परेको तर मर्चवारका कुनैपनि नेताहरु किसानका पक्षमा एक शब्द पनि नबोलेको उनको आरोप छ । मर्चवारका जनताले परिवर्तन चाहेका छन, झुठा नेता र भजन किर्तन गर्ने बाजे उमेरका नेतालाई छोडेर युवा परिवर्तनकारी सोंच भएको नेतालाई जिताउन चाहेकोले आफ्नो जित सुनिश्चित रहेका दाबी गरेका छन । जनमत पार्टीले प्रतिनिधी सभामा यादव संगै प्रदेश सभा ४(क)मा जितेन्द्र नाथ शुक्ला (बब्लु) र ४(ख)मा अर्जुन जैसवाललाई उम्मेद्वार बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.