राजविराज ,३० कार्तिक : जनता समाजवादी पार्टीका अध्यक्ष एवं सप्तरी २ का उम्मेदवार उपेन्द्र यादवले मधेशी जनताको अधिकारका लागि भनेर पटक पटक झुटा आश्वासन बाँड्ने गरेका छन् ।

अहिले चुनावका बेला पनि उनले मधेशी जनताको अधिकारका लागि पार्टीले सङ्घर्ष जारी राखेको भाषण गर्दै आएका छन् । तर यो भाषण उनी सत्तामा नपुग्दासम्म हो ।

सत्तामा पुगेपछि यो भाषण बिर्सेर उनी आफ्नो स्वार्थ, जातिबादको लागि स्वार्थमै सीमित हुने गरेका छन् । दलित, थारु र अन्य पहाडी समुदायलाई अवसर नदिने, मन्त्री नबनाउने, पार्टीभित्र नेतृत्वदायी भूमिका नदिने उपेन्द्रले १५ वर्षदेखि मधेशी जनताको नाम भजाएर आफ्नो दुनो सोझ्याइरहेका छन् । संघर्षमा सोझासाझा मधेशी जनता प्रयोग गर्ने उपेन्द्रले अवसरहरुमा आफू र आफ्नो समुदायलाई लाभ दिने गरिरहेका छन् ।

अहिले चुनावी अभियानका क्रममा उपेन्द्रले सप्तरीका विभिन्न ठाउँमा तिनै अवसर नपाएका वर्गको नाममा भोट मागिरहेका छन् । आफू सत्तामा हुँदा अवसर नदिने र चुनावमा बेला पाएनन् भनेर रोइलो गर्दै भोट मागिरहेका छन् ।

मंगलबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उपेन्द्रले शोषण, उत्पीडन र विभेदमा परेका मधेसी, मुस्लिम, आदिवासी, जनजाति, महिला, दलित र सीमान्तकृत वर्गका लागि अहिले पनि संघर्ष जारी रहेको दाबी गरे । तर व्यवहारमा भने आफ्नै दलको नेतृत्वमा रहेको मधेश प्रदेश सरकार आधा आकाश ढाक्ने एउटा महिलालाई मन्त्री दिएनन् । अरु अवसरबाट पनि वञ्चित रहे ।

उपेन्द्रले गफ पनि कतिसम्म दिए भने मधेशी जनतमाथि भइरहेको विभेद अन्त्य गर्न अझै जसपाले सङ्घर्ष गरिरहेको दाबी गरे । तर जसपाले संघर्ष उपेन्द्र र यादवहरुलाई सत्तामा पुर्याउन गरिररहेको विगतको १५ वर्षका गतिविधि प्रमाणित गरेको प्रष्टै छ ।

सत्तामा हुँदा संविधान संशोधन, झुटा मुद्दामा जेल परेका मधेशी युवा रिहाइको एजेण्डा बिर्सिएका उपेन्द्रले चुनावको मुखमा झल्यास्स सम्झिएका छन् । सबै जातजाति, वर्ग र तहको अधिकारका लागि संविधान संशोधन गर्न आवश्यक रहेको भन्न उनले चुनावको मुख आएर भ्याएका छन् । जबकी संशोधनको वातावरण बनाउने ठाउँमा पुगेका बेला उनले केही गरेनन् ।

उनले सप्तरीको विकासका लागि शिक्षा, स्वास्थ्य, सडकलगायतका पूर्वाधारको विकास आवश्यकता औल्याए । तर आफू पाँच वर्षसांसद भएर कुनै पहल गरेनन् । फेरि अहिले विकास गर्ने भन्दै भोट मागिरहेका छन् । उपेन्द्रको यस्तै दोहोरो चरित्रले देखेर मतदाता रुष्ट बनेका छन् । उपेन्द्रको क्रेज पनि विगतमा खस्किँदा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा . सीके राउतप्रति जनता आकर्षित बनेको छ ।डा राउत यसक्षेत्रका मतदाताको मनमनमा बस्न सफल भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.