जनकपुरधाम । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले थालेको आन्दोलनको समर्थनमा ग्रामीण क्षेत्रका संघसंस्थाहरुले पनि एक्यबद्धता जनाउदै विरोध प्रदर्शन गरेको छ । मोर्चाको आन्दोलनमा एक्यबद्धता जनाउदै आइतबार जनकपुरमा ग्रामीण क्षेत्रका मधेशी जनताले पनि प्रदर्शन गरेको हो।

१६ दिनदेखि अनिश्चतकालिन मधेश बन्द घोषणा गरेको मोर्चाको आन्दोलनमा थप बल दिने उदेश्यले विभिन्न पार्टी, सामाजिक संघसंस्था लगायतले समर्थन गर्दै आएका छन् । आन्दोलनमा विभिन्न पार्टीहरुले समर्थन जनाएपछि यहाका जनता जारी आन्दोलनलाई दोस्रो मधेश आन्दोलनको रुपमा लिन थालेका छन् । आन्दोलनमा गाउ गाउबाट सहभागि हुनेहरुको संख्या समेत बढ्दै गएको छ ।

आईतवार कनपट्टी, कुर्था लगायतका गाउहरुबाट सयौको संख्यामा मधेशी जनता सरकार विरोधी नारा लगाउदै जनकपुरमा विरोध जुलुस प्रदर्शन गरेको छ । उनीहरुले संघिय प्रदेशको सिमांकन सच्चयाउनु पर्ने, नागरिकता सम्बन्धी प्रवधान सच्चयाउनु पर्ने माग अघि सार्दै आन्दोलनमा होमिएका छन् । यसैबिच, एकिकृत नेकपा माओवादीका भातृ संगठन राष्ट्रिय मधेशी मोर्चाले समेत आन्दोलनलाई समर्थन गर्दै आन्दोलनका कार्यक्रम अघि सारेको छ ।

मोर्चाका अध्यक्ष रामकुमार शर्माले जारी आन्दोलनलाई सार्थक बनाउनु आफ्ना मोर्चाले कुनै पनि अवसर नगुमाउने बताए ।
मधेशी जनताको आन्दोलन जायज रहेको उल्लेख गर्दै उनले भने, विभिन्न ब्यानरमा हुदै आईरहेको आन्दोलनमा एक जुट भई संयुतm रुपमा आन्दोलन गर्ने वातावारण प्रयास गरिरहेका छौ, चाडै आफ्ना पार्टीका हजारौ कार्यकर्ता सडकमा आउने छन् ।

जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनबाट प्राप्त भएका उपल्बधी नगुमोस भन्ने उदेश्यले आफ्ना पार्टी फरक मत सहित संविधान निर्माण प्रक्रियामा सामेल भएको भन्दै उनले भने, जारी आन्दोलनमा मधेशी जनताको सहभागिता बढे केन्द्रमा माओवादी पार्टी दवाव दिन तयारी अवस्थामा रहेको छ। जनकपुर टुडेबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.