जनकपुरधाम ,३० कार्तिक : जनमत पार्टीको तर्फबाट धनुषा क्षेत्र नं .२ (ख ) का प्रदेशसभा सदस्यका उम्मेदवार राम पुकार यादवले जनतासामु गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताएको  छ ।

धनुषाको शहिदनगर नगरपालिकामा मङ्गलबार जनमत पार्टीले घरदैलो कार्यक्रममा जनतासंग भोट माग्दै उम्मेदवार यादवले आफू निष्ठा र इमान्दारीको राजनीति गर्न आएको भन्दै उनले राजनीतिलाई पेशा होइनन् , जनतालाई सेवा गर्न आएकोले अरु जस्तो झुट्टा अश्वासन बाँडनुभन्दा आफूले गर्न सक्ने काम मात्र जनतासामु राख्ने गरेको र त्यो पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन्  ।

केही व्यक्तिले झुट्टा अश्वासन बाँड्दै हिँडेको भन्दै उनले सही र अश्वासन पूरा गर्ने उम्मेदवारलाई मतदान गर्न मतदातासमक्ष आग्रह गरेको छ ।

यसक्षेत्रमा शिक्षा,स्वास्थ्य , कृषि आधुनिकीकरण ,युवाहरुलाई रोजगारी सिर्जना गर्नको लागि जनमत पार्टीको हर्न छापामा मतदान गरि जनमत पार्टीका उमेदवारलाई विजयी गराउन उनले आमजनतासंग आग्रह गरेका हुन् ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि विभिन्न पार्टीले जनता सामुह आफ्नो घोषणापत्र लिएर उम्मेदवारहरु घर घर पुगिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.