राजविराज ,२६ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले मतदाताहरुसंग जनमत पार्टीको हर्न छापमा मतदान आग्रह गरेका छन ।

शनिबार मतदातासंग भेटघाट गर्दै मोहनपुरमा सप्तरी क्षेत्र नं २ का प्रतिनिधि सभाको उम्मेदवारसमेत रहेका अध्यक्ष डा राउतले मतदाताहरुसंग जनमत पार्टीको हर्न छापमा मतदान गर्नको लागि आग्रह गरेका हुन् ।

उनले अहिले विदेशमा रहेका युवाहरुलाई आफ्नै देशमा रोजगारी दिने योजना जनमत पार्टीसंग रहेको बताएको छ ।

उम्मेदवार डा राउतले ‘हरेक घर एक रोजगारीका लागि ,औधोगिक क्षेत्रहरु र “स्पेशल इकोनोमिक जोन” स्थापना गर्नका लागि ,देशको आर्थिक वृद्धिदर १० प्रतिशत पुर्याउनका लागि आफुलाई मतदान गर्नेछ ,भने यसक्षेत्रका मतदाताप्रति विश्वास गरेको उनको भनाई छ ।’

सो भेटघाट तथा घरदैलो कार्यक्रमामा यासैक्षेत्रका प्रदेश सभा (क )का उम्मेदवार सतिश कुमार सिंहसहित जनमत पार्टीका नेता/कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.