जनकपुरधाम,२५ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख )को प्रदेशसभाका उम्मेदवार राम पुकार यादवले आफ्नो मात्र नभइ आफना सन्तती र भविष्यका पुस्ताका लागि सहि उम्मेदवार चुन्न मतदातालाई आह्वान गरेका छन् ।
औरही गाउँपालिकामा घरदैलोका लागि पुगेका उम्मेदवार यादवले, ‘तपाइको एउटा मत गलत व्याक्तिलाई जाँदा तपाइले मात्रै होइन तपाइका सन्ततीले पनि दुःख पाउँछन्, त्यसकारण सहि उम्मेदवारलाई चुन्नु होला ।’ उनी भन्छन्, ‘मेरो जित मेरो वा जनमतको जीत मात्रै होइन यस क्षेत्रको सम्पूर्ण जनताको जीत हुनेछ ।’
यसअघि चुनाव जितेर सांसद् बनेकाहरुले यो क्षेत्रको विकास र जनताका लागि ठोस र नमूना काम केहि पनि नगरेको दृष्टान्त दिँदै यादवले भने, ‘आफू निर्वाचित भए जनताको शीर कहिल्यै पनि झुक्न दिदिन ।’ यो क्षेत्र र यस क्षेत्रका जनताको विकास नै मेरो एक मात्र लक्ष्य रह्ने उनको भनाई थियो ।



