राजविराज ,२५ कार्तिक : चुनावको मुखमा आएर जनता समाजवादी पार्टी सप्तरीका एक दर्जनभन्दा बढी नेता -कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन ।
पार्टी प्रवेश गर्नेहरूमा आकाश महतो , जसपाका युवा नेता पंकज राय ,पंकज चौहान ,निरज यादव ,ओसिम राइन, अनमोल यादवसहित दर्जनौं युवा नेता तथा कार्यकर्ता छन्।
उनीहरू जनमत पार्टी कार्यालय राजविराजमा पार्टी अध्यक्ष डा .सीके राउतसंग टिका लगाएर पार्टी प्रवेश गरेका हुन् ।



