हुलाकी न्यूज, रुपन्देही । भैरहवाको पश्चिम क्षेत्रीय मलखाद डिपोमा हजारौं मेट्रिक टन मलखाद थन्किएर रहेको छ । तर सरकारको उदासिनता र कर्मचारीको लापरबाहीका कारण किसानले भने समयमा मलखाद पाउन सकेका छैनन् ।
डिपो निरीक्षण गर्ने क्रममा दलबलसहित पुगेका रुपन्देही क्षेत्र नम्बर ४ का संसद उम्मेदवार तथा जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले भने “सरकारले नियोजितरुपमा मधेसको किसानलाई प्रताडित गरेको छ । किसानलाई सीमा पारीबाट गाली खाँदै मल ल्याउन बाध्य पारिएको छ । त्यसैले हामी चुप लागेर बस्दैनौं । ” संघीय सरकार र प्रदेश सरकारसँग यसको जवाफ माग्ने उनले बताए ।
त्यहां काम गर्ने कर्मचारीका अनुसार डिपोमा झण्डै ६ महिनादेखी मल मौजदात रहेको र केहि ट्रक मलखाद पहाडी जिल्लाहरुमा समेत पठाइएको छ ।
यद्यपी, अघिल्लो समय धान रोपाईको बेला र अहिले गहुं छर्ने बेला समेत किसानलाई मलखादको अभाव भएको किसानहरुको गुनासो छ ।