राजविराज, २३ कार्तिक । अगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष नभएमा पुरै देशको निर्वाचन बिथोल्ने जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा. सीके राउतले चेतावनी दिएका छन् ।
मंगलवार सप्तरी क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदकोे उम्मेदवार समेत रहेका डा. राउतले सामाजिक सञ्जाल मार्फत लाइभमा भने– ‘धाँधलीपुर्ण निर्वाचन हुन नदिन हामी आन्दोलन गर्नुका साथै निर्वाचन समेत रोक्नेछौं ।’
प्रहरी, प्रशासनले आफ्ना पार्टीका कार्यकर्तालाई फरक तरिकाले एक पक्षीय व्यवहार गर्दै आएको बताउदै उनले निर्वाचन आयोगसहितका विभिन्न निकायहरुलाई निषपक्ष निर्वाचन गर्ने वातावरण बनाउन आग्रह समेत गरेका छन् ।
जनतालाई त्रसीत पार्ने उदेश्यले सप्तरीका प्रहरी, प्रशासनले जसपाको निर्देशनमा जनमत पार्टीका कार्यकर्ताहरुलाई पटक पटक दमन गर्नुका साथै यातना सहित दुव्र्यवहार गर्दै आएकोले, यस्तो अवस्थामा निष्पक्ष निर्वाचन हुन नसक्ने अन्तर्राष्ट्रिय समुदाय, निर्वाचन आयोगलाई सोही लाइभबाट ध्यानाकर्षण गराएका छन् ।
डा. राउतले निर्धक्क भएर काम गर्न आफ्ना नेता, कार्यकर्ताहरुलाई आग्रह गर्दै हर्न छापमा मतदान गरी सम्पुर्ण जनता जर्नादनलाई जंगल राज्य अन्त्य गर्न समेत आग्रह गरे ।




मधेस र मधेसीहरूको विकल्प को रूपमा एक मात्रै पार्टी हो जनमत पार्टी । मधेस र मधेसीको अस्तित्व वचाउने भनेको जनमत पार्टी नै हो ।