सिरहा: भोलि दिउँस २ बजे बरियारपट्टी गाउँपालिकाको जिझौलमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत आउने भएको छ। जनमत पार्टी चुनावी प्रचार प्रसार समिती सिरहा -२ को आयोजनामा हुन गैरहेको सभालाई सम्बोधन डा. राउत आउन लागेको जनमत पार्टीका विद्यार्थी नेता देब कुमार पासवानले बताउनु भयो।
मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा जनमत पार्टीको तर्फबाट सिरहा २ का लागि प्रतिनिधि सभामा बिनोद कुमार यादव , प्रदेश सभा २ ‘क’ का लागि संजय कुमार यादव उम्मेदवार छन् । यस क्षेत्रमा जनमत पार्टीको प्रभाव निकै बलियो देखिएको छ।