
काठमाडौं: एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले कैलालीको टीकापुरमा दुईवर्षे नाबालक टेकेन्द्र साउदसहित आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा एमाओवादीका केही नेताको संलग्नता रहेको आरोप लगाएका छन्।
घटना हुनभन्दा अगाडि ती नेताहरूले दिएको अभिव्यक्तिले घटनामा उनीहरूको हातरहेको पुष्टि गरेको दाबी उनको छ।एमाले प्रचार विभागले आइतबार एमाले बिट र संसद्को रिपोर्टिङ गर्ने सञ्चारकर्मीसँग नयाँं संविधानका विषयमा गरेको छलफलमा उनले यस्तो दाबी गरेका हुन्।
‘कैलाली घटनामा वर्षमान पुन, जनार्दन शर्मादेखि लिएर अमरेशकुमार सिंह, उपेन्द्र यादव र राजेन्द्र महतो, मोहन वैद्य नेतृत्वको र विप्लव नेतृत्वको माओवादीसम्मको संलग्नता रहेको देखिन्छ’, भट्टराईले भने। घटना उनीहरू बसेर बनाएको योजनाअनुसार भएको पनि उनको दाबी छ।
भट्टराईले घटनामा माओवादीका पूर्वलडाकुको संलग्ना रहेको जिकिर गरे। उनले भूमिगत आपराधिक समूहले बनाएको योजनामा सबै नेताहरूले सहयोग पु¥याउने काम गरेको बताए।
भट्टराईले संविधान बन्न नदिन अहिले विभिन्न पक्षले काम गरिरहेको भन्दै उदहारणसमेत पेस गरेका थिए।एमाओवादीका डा.बाबुराम भट्टराईको खोटले संविधान बन्न अवरोध गरेको उनले बताए।
संविधान निर्माणमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको भूमिका सकारात्मक भए पनि उनलाई पार्टीभित्र र बाहिर दबाबको भारी थेग्न गाह्रो भएको उनले दाबी गरे।भट्टराईले त्यही दबाबका कारण दाहालको बोलीको ठेगान नभएको बताए।
संविधान निर्माणका लागि नेपाली कांग्रेसभित्र विभिन्न स्वार्थले काम गरेको र प्रधानमन्त्री स्वयं संविधान जारी गर्न ढिलाइ गरेर सत्ता लम्ब्याउने पक्षमा रहेको उनले दाबी गरे। ‘प्रधानमन्त्री सुशील कोइराला बाहिर महात्यागी देखिए पनि भित्र सत्ताका महालोभी छन्। उनकै कारण माघ ८ मा संविधान जारी हुन नसकेको हो’, भट्टराईले भने।
उनले सेनाको भूमिका भने अहिले संविधान जारी गर्न सकारात्मक भएको बताए।प्रचार विभागका उपप्रमुख सूर्य थापाले जतिसुकै अवरोध आए पनि एमालेको अगुवाइमा संविधान जारी हुने दाबी गरे। अन्नपूर्णबाट




PM lai huti vaye gare ra dekhau na ta..
gadhha haru neta banepxi k hunxa hjur