राजविराज ,१४ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले जनताले आफ्नो सेवक आफै मूल्याङ्कन गरेर चुन्ने बताएका छन् ।
जनमत पार्टीका तर्फबाट सप्तरी क्षेत्र नं .२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.राउतले आज मतदाता भेटघाटका क्रममा निर्वाचन क्षेत्रका जनताले सही मूल्याङ्कन गर्ने बताएका हुन् ।
‘चुनावका क्रममा सबै उम्मेदवार घरदैलोमा आउनु स्वाभाविक हो, तर कस्तो जनप्रतिनिधि चुन्ने भन्ने विषय जनताको हो, उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्छन्, हामी मधेशका लागि के गरेको छु ,भने जनता बुझिरहेका छन्’, उनले भने ।
उम्मेदवार डा .राउतले सामुदायिक स्वराज ल्याउने ,हरेक घर रोजगारी दिने र नागरिकताको समस्यालाई स्थायी समाधान गर्ने एजेन्डा लिएर जनतासमक्ष पुगेको भन्दै उक्त कुरालाई पूरा गर्न जनमत पार्टीलाई विजय गराउन आवश्यक रहेको बताए ।
उनले भने,’वर्षौदेखि किसानको समस्या रहेको छ ,किसानले आफ्नो अन्नबालिलाई उचित मुल्य पाउन सकेको छैन ।त्यति मात्रै होइन् किसानले समयमा मलखाद पनि पाउदैनन् ।ति समस्याहरुलाई समाधान गर्नको लागि जनमत पार्टीले किसान आन्दोलसमेत गरेको बताए ।’




Aapka number chahie bhaiya