राजविराज ,१३ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले सप्तरी क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बनेपछी जनताको आशिर्वाद लिएरहेको देखिन्छ ।

जनमत पार्टीप्रति सप्तरीबासीहरुको उत्साह र चाहना बढ्दै गइ रहेका बेला डा .सीके राउतले जनताको घरघरमा पुगि वास्तविक समस्याहरु बुझ्दै जनताको आशिर्वाद लिने कार्यमा व्यस्त देखिएका छन ।

सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न वडाहरुमा पुगेर आशिर्वाद लिने गरेका छन ।डा राउतले सप्तरी २ बाट उम्मेदवार दिएपछि जनतामा उत्साह बढेको छ ।जनता जनमत पार्टीलाई मतदिन उत्साहित रहेको राजविराज नगरपालिका १० का स्थानीय बिरेन्द्र यादव बताए ।

उनले सबै पार्टीलाई हेरिसके अब यसपटक जनमत पार्टीलाई मत दिनुपर्छ ,मधेश र मधेशीको अब कुनै पार्टीले मुक्ति दिन्छ भने त्यो पार्टी जनमत रहेको बताए ।

डा .राउतको साथै सप्तरी क्षेत्र नं .२ (ख ) प्रदेश सभा सदस्यको उम्मेदवार महेश प्रसाद यादवले पनि जनताको आशिर्वाद लिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.