राजविराज ,९ कार्तिक ।नेपाल लोकतान्त्रिक पार्टीबाट राजविराज नगरपालिकाको मेयरमा चुनाव लडेका युवा नेता रोशन साहसहित दर्जनौं युवा नेताहरु जनमत पार्टीमा प्रवेश गरिएको छ।

बुधबार जनमत पार्टी सप्तरीको जिल्ला पार्टी कार्यलयमा आयोजित एक कार्यक्रम बिच नेपाल लोकतान्त्रिक पार्टीबाट गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राजविराज नगरपालिकाको मेयरमा चुनाव लडेका युवा नेता रोशन साहसहित दर्जनौं युवाहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

पार्टी प्रवेश गर्नेमा संतोष यादव,मनोहर शर्मा,मुकेश कुमार यादव,उदितनारायण यादव ,अमुत कुमार,प्रमोद कुमार यादवलगाइत दर्जनौं युवाहरु रहेका छ्न।

उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत खादा,माला र अविरको टीका लगाएर पार्टीमा स्वागत गरेको छ।

अध्यक्ष डा.राउत सप्तरी निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएको छ।उनको उम्मेदवारीले सप्तरीबासी खुशी महसुस गरेका हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.