Primeinister Home
सरकारले कैलालीको टिकापुर घटनाबारे पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
गृहमन्त्रालयले गठन गरेको राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देविराम शर्माको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको सरकारको प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिए।
उच्च स्तरीय छानबिन समितिमा एआइजीद्वय जीवन थापा र प्रताप थापा, राष्ट्रिय अनुसन्धान विभागका गणेश अधिकारी र गृहमन्त्रालयका सह-सचिव विनोद केसी छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठले घटनामा ज्यान गुमाएका सुरक्षाकर्मीको उच्च मूल्यांकन गर्दै मरणोप्रान्त एक तह बढुवा गरी सम्मान दिइने बैठकले निर्णय गरेको छ।
यसैगरी आजको मन्त्रिपरिषदको बैठकले कैलाली घटनालाई अमानवीय घटनाको रूपमा लिएको छ। यस्तो घटना कुनै पनि हालतमा सरकारलाई सहनयोग्य नहुने कानुन विपरित जानेलाई यथासक्य कानुनको दायरामा ल्याउने निर्णय गरेको छ।
मुलुका शान्तिका सबैलाई संययमता अपनाउन आग्रहसमेत गरेको छ। ‘हिंशाको अन्त्यबाट मात्रै असन्तुष्टीहरूको सम्बोधन गर्ने आधार निर्माण हुन्छ। त्यसैले सबैभन्दा पहिले हिंशात्मक गतिविधिहरूलाई बन्द गर्नेतर्फ सबै जना अग्रसर हुनुपर्छ,’मन्त्री रिजालले भने।
यस्तै अहिले पनि भूकम्पपछि अत्यावश्यक ऐन कायमै रहेको भन्दै मन्त्रिपरिषदले कुनै पनि बाधा व्यवधान नगर्न सबैमा अनुसरोध गरेको छ। र यदि त्यस्तो गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने निर्णय गरेको छ।
यस्तै संवेदनशिल अवस्थामा सञ्चार गृहलाई संयमता अपनाउन निर्देशन दिएको छ। यस्तै सामाजिक सञ्जाल र ब्लग पनि संयमित भएर प्रयोग गर्न अनुरोध गरेको छ। यस्तै आजको मन्त्रिपरिषदको बैठकले भारतीय प्रधानमन्त्रीसँगको विषयमा मिडियामा आएको गलत समाचारबारे खण्डन गर्दै वार्ता सौहार्दपूर्ण तरिकाले भएको बताएको छ। सेतोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.