नवराजपुर सिरहा : जसपाको स्थानिय नेताले एक लाख रुपैया चन्दाको डिमान्ड गरेर चुनावको मुखमा गुपचुप मेला उद्घाटन गर्न वोलाएका विजय यादवलाई स्थानियले बहिस्कार गरेको छ । नबराजपुर गा.पा. स्थित वडा न .२ मझौरा टोल मा स्थानीय ले चंदा संकलन गरि लक्ष्मी पुजा महोत्सव मेला को आयोजना गरेकोमा जसपा का नेताहरु ले बलजफ्ती पार्टी को बर्चस्व कायम गर्ने उद्देश्यले मेला को उद्घाटन गर्न विजय यादवलाई बोलाएपछि स्थानीय बासिन्दा आक्रोशित भई नेताहरूलाई कठालो समातेका छन् । र गालिगलौज गरि हातपात समेत गरेका छन् । चन्दा तिरेर जो कोही पनि उद्घाटन गर्न सक्ने भन्दै मन्त्रीनै बोलाउनु पर्ने बाध्यता नरहेको जिकिर गरेका छन् । जितेर गएपछि दर्शन नदिएका यादवमाथि स्थानिय पहिल्यै देखी यस क्षेत्रका जनता आक्रोशित छन् । अचानक बिहान बैठक बसेर जसपाका नेता कार्यकर्ताले समितिमा निर्देशन जस्तै दिएर जवरजस्ती विजय यादवलाई वोलाएर उद्घाटन गर्न वोलाएपछि यस्तो प्रस्थिति सृजना भएको थियो ।
चन्दा दिएर कार्यक्रम उद्घाटन गर्ने मन्त्री यादवको पुरानो रवैया रहेको एक जसपाकै नेताले यस विष्यमा टिप्पनी समेत गरेका छन् ।