सिरहा : आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा निर्वाचन नजिदिकै गर्दा उम्मेदवारहरुको बिषयमा चर्चा परिचर्चा शुरु भएको छ। सिरहा जिल्ला निर्वाचन क्षेत्र न.२ प्रदेश सभाको ” क ” मा जनमत पार्टीका उम्मेदवार संजय कुमार यादवको चर्चा व्यापक छ। हरेक चौकको चिया पसल देखि हाटबजारमा सन्जय यादवको स्वक्ष छबीको गुणगान सुनिन्छ । यादव बचपन देखि विभिन्न संघ संस्थामा रहि समाजिक रुपान्तरणका लागि काम गरेका हुन। गणित बिषय लिएर स्नातकोत्तर ( M.ed/ Math ) गरेका उनी कानुनका विद्यार्थी पनि हुन् । अध्यनको सिलसिलामा काठमाडौ बस्दै गर्दा देखी सीके राउतको विचार संग प्रेरित उनी दर्जनौ पटक जेल बसेका हुन। युवा कालमै नेता यादव मधेश अधिकारकै लागि राजद्रोह जस्ता मुद्दा खेपेका छन् ।

परिवर्तनका नाममा हुने जुनसुकै आन्दोलनमा अग्र स्थानमा रहने उनी भर्खरै भएको किसान आन्दोलनमा मुख्य भुमिका खेलेका थिए । उनी सङै जसपा-ओली गठबन्धन बाट प्रदेश सभाका लागि कृषि मन्त्री बिजय यादव , पाच दलिय गठबन्धन बाट जिवछ कुमार यादव उम्मेदवार छ। मन्त्री यादवको एकलौटी पन र भ्रष्टाचारका कारण जन्ता आजित छन भने अर्का उम्मेदवार माथी सरकार बाहिरै रहेर पनि विभिन्न संघसंस्थाका नाममा लाखै अनुदान खाएको आरोप छ। उनी स्थानीय चुनाबमा समेत पार्टीको विरुद्ध गएका कारण नेता कार्यकर्तामा बितृस्ना छन् ।

दलहरुको गठबन्धनका कारण पनि जनता गठबन्धन भित्र बस्न चाहदैनन् , मतदाताको आकर्षण नंया उम्मेदवार प्रति देखिन्छ।
बरियारपट्टी गापा का एक मतदाता कृष्णा महतो भन्छन- पटक पटक हेरिएकालाई यस पटक बिदा गर्ने हाम्रो सोच छ। अनि कसलाई मतदान गर्नुहुन्छ त ? भने प्रश्नमा उनको जवाफ सरल थियो । जो नंया अनुहार छन् , युवा छन , जोसिला छन।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.