जनकपुरधाम,२ कार्तिक । जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा क्षेत्र नं.३ का प्रतिनिधि सभा पदको उम्मेदवार ई.शम्भुनाथ साहले आफु जितेपछि मधेशलाई शैक्षिक हबको रुपमा विकास गर्ने बताउनुभयो।

उम्मेदवार ई.साहले कुरा गर्दै उनले मधेशलाई शैक्षिक हबको रुपमा बिकास गर्ने बताउनुभएको हो।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ई.साहले भने, ‘मधेश प्रदेशको साक्षरता दर करिब ५० प्रतिशत रहेको छ।जब कि सबै भन्दा अबिकसित रहेको कर्णाली प्रदेशको साक्षरता दर ६२ प्रतिशत रहेको उनले भन्नुभयो।’

उनले भने, ‘एक समय यस्तो थियो ,कि मधेशका शिक्षकहरु काठमाडौं ,बिराटनगर र पोखरा जस्ता ठाउँहरुमा पढाइरहेका थिए।तर, अहिले मधेशका विद्यार्थीहरुलाई यहाँ गुणस्तरीय शिक्षा पाइरहेका छैन,गुणस्तरीय शिक्षा हासिल गर्नको लागि काठमाडौं ,विराटनगर ,पोखरा र भारतलगाइतका देशमा जान बाध्यता रहेको जिकिर गरे।’

जनताले सबै पार्टीका नेताहरुलाई भोट दिनुभएको छ।कांग्रेस ,कम्युनिस्ट र जसले आफुलाई मधेशबासी भन्ने जसपा र लोसपालाई पनि जनताले मत दिएर हेरिसकेको छ।उनिहरुले जनताको सुखदुःख साथ दिदैन्न ।एउटा मात्रै जनमत पार्टी छ।जसले देशदेखि विदेशको ४० भन्दाबढी देशमा जनमत पार्टीको संगठन रहेको उनले थप्नुभएको हो।

उनले आमजन समुदायलाई आग्रह गर्दै भन्नुभयो, ‘आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा हासिल गर्न मधेशमै चाहनुहुन्छ भने जनमत पार्टीका हर्न छापमा मददान गरि शिक्षित र भिजनारीलाई जिताएर पठाउनुस मधेशलाई शिक्षाको हब बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।’

यहाँका भ्रष्टाचारी नेताहरु जसले ७० वर्षदेखि जुन पार्टी रहेका कारण मधेशको शिक्षाको अवस्था धारासायी भएको उनले आरोप लगाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.