मनोज मोरबैता
जनकपुरधाम,१ कार्तिक । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा धनुषामा कांग्रेस गठबन्धन र एमाले गठबन्धनलाई जनमत पार्टीकै उम्मेदवारहरू टाउको दुखाइ बनेको छ ।
धनुषा- ३ मा जनमत पार्टीको उम्मेदवारहरूका कारण कांग्रेस गठबंधन र एमाले गठबन्धनका नेताहरू चिन्तित बनेका छन् ।
प्रतिनिधिसभाको अघिलो निर्वाचमा क्षेत्र नम्बर ३ बाट राजेन्द्र महतोले चुनाव जितेका थिए । यसपटक कांग्रेस गठबन्धनबाट उनलाई सर्लाही २ मा पठाएर धनुषा -३ मा अनिल झा उठेका छन् ।
एमाले-जसपा गठबन्धनबाट जुलि महतोले उम्मेदवारी दिएकी छिन् ।यी दुबै गठबन्धनका उम्मेदवारहरु बहरिया रहेको स्थानीयहरु आरोप लगाउदै आएको छ।त्यसैगरी जनमत पार्टीबाट धनुषा-३ मा प्रतिनिधि सभा सदस्य पदको लागि ई.शम्भु नाथ साहले उम्मेदवारी दर्ता गराएको छ।ई.साह यतिखेर जनताको विचमा लोकप्रिय बनेको छ।
ई.साहले आफूको यसै क्षेत्रको नगरराइन नगरपालिकाको गौगली घर रहेको आफू यस क्षेत्रको जनतालाई सेवा गर्नको लागि राजनीतिमा आएको बताए।उनले आफ्नो क्षेत्रमा नेता रहदारहदै अरु जिल्ला र क्षेत्रका उम्मेदवारहरु आफ्नो क्षेत्रमा आएर चुनाव लड्ने भनेको यसक्षेत्रको जनताको लागि दुर्भाग्य रहेको बताए।
आफू यहिमाटोमा जन्महुर्केका हुनाले यसक्षेत्रको जनताले यसपालि जनमत पार्टीकै उम्मेदवारलाई मत दिएर जिताउने कुरामा आफू विश्वस्त रहेको उनले भने ।
यस धनुषा क्षेत्र नं.३(क) प्रदेश सभा सदस्य पदको लागि जनमत पार्टीबाटै डा.प्रसन्न कुमार झाले उम्मेदवारी दिएको छ।
डा.झाले भने , ‘आफू नेता हैन ,जनताको सेवक बन्नको लागि आएको छु,यसक्षेत्रमा रहेका शिक्षा ,स्वास्थ्य र बेरोजगारीका समस्याहरु देखेर मलाई राजनीतिमा ल्याएको छ।यसक्षेत्रकै जनताहरुलाई बिगत लामो समयदेखी आफ्नो पेशाले सेवा गर्दै आएको बताए।’ उनले भ्रष्ट नेताहरुलाई भोट नदिन आग्रह गरेका हुन।
सोही क्षेत्रबाट प्रदेश सभा सदस्य पदमा कांग्रेसका रामसरोज यादव यसअघि चुनाव जितेका थिए।यसपालि पनि उनी कांग्रेस गठबन्धनका उम्मेदवार बनेको छ।त्यसैगरी एमाले -जसपा गठबन्धनबाट मुख्यमन्त्री लालबाबु राउतका पिए जितेन्द्र यादवले उम्मेदवार दिएको छ।जितेन्द्र धनुषा जिल्लाको धबौलीका हुन।उनको क्षेत्र धनुषा २ पर्छ।यी दुबै गठबन्धनका उम्मेदवारहरुलाई जनमत पार्टीका उम्मेदवारहरु टाउको दुखाइ बनिसकेको छ।
जनमत पार्टीका उम्मेदवारहरु पढेलेखेका शिक्षित युवाहरुनै उम्मेदवारी दिएका हुन।जनमत पार्टी पहिलो पटक प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा भाग लिएको हो।यस कारणले जनताहरुले सबै पार्टीलाई भोट दिएर जिताएर पाठाएपनी उनिहरु जनताको लागि केही गर्न सकेको छैन।गरेको छ त व्यक्तिगत सम्पत्ति आर्जन गर्नमै व्यस्त भए।यसपाली नयाँ सोच र भिजन बोकेको पार्टी जनमत पार्टीको यश पार्टीमा पढेलेखेकाका ईन्जिनियर र डाक्टरहरुले उम्मेदवारी दिएको छ।यसपटक उनिहरुलाई जिताउन पर्छ नगराइन नगरपालिका फुलगमाका स्थानीय नागेन्द्र महतोले भने।