जनकपुरधाम,३० असोज : अगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको आम निर्वाचनका लागि जकपुरधाममा जनमत पार्टीका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छ्न।

राजनीतिक दल र स्वतन्त्ररुपमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारसहित नेताकार्यकर्ताहरु लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ ।

धनुषा निर्वाचन क्षेत्र नं.३ मा जनमत पार्टीबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका ई.शम्भुनाथ साह र प्रदेश सभा (क) का उम्मेदवार डा.प्रसन्न कुमार झा र प्रदेश सभा (ख) सदस्य पदको उम्मेदवार रामबाबु साह ( कलवार)ले पार्टीका नेताकार्यकर्तासहित घरदैलो अभियान सुरु गरिसकेको जनमत पार्टीका नेता सुरेश साहले जानकारी दिएको छ।

नेता साहको अनुसार धनुषा निर्वाचन क्षेत्र नं.३ अन्तर्गत रहेका नगरराइन बजार,देपुरा रुपिठा,बसहियालगाइतका गाउँहरुमा घर्दैलो कार्यक्रम सम्पन्न भएको छ।घर्दैलोको क्रममा जनताले जनमत पार्टीका उम्मेदवारहरुलाई जिताउन उत्साहित रहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.