जनकपुरधाम,२७ असोज : जनत पार्टीको उम्मेदवारलाई सहयोग गर्नको लागि जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आग्रह गरेको छ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको आम निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई सहयोग गर्नको लागि पार्टीला सम्पुर्ण नेताकार्यकर्ताहरुलाई डा.सीके राउतले अपिल गरेका हुन।

उनले, ‘जनमत पार्टीले ऐतिहासिक रूपमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिइराखेको छ। समग्र पार्टीका लाखौं कार्यकर्ताहरूको मात्रै होइन, देश-विदेशमा रहेका करौड़ौं जनताको आशा र सपना बोक्दै जनमत पार्टी सशक्त तरीकाले देशभरि नै आफ्ना उम्मेदबारहरू उठाएको बताए।’

जनमत पार्टीका उम्मेदबारहरूलाई हरेक ढंगले सहयोग गरी सक्रिय रूपमा दिनरात खटेर जिताउनु आज जनमत पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको जिम्मेबारी बनेको अध्यक्ष डा.राउतको तर्क रहेको छ।

ऐतिहासिक र संवेदनशील घडीमा हामी सबैसँग सहयोगको अपेक्षा राखेको भन्दै अध्यक्ष डा.राउतले जनमत पार्टीको जीत नै हाम्रो जीत भएको हुनाले सो जीत सुनिश्चित् गर्न आ-आफ्नो निर्वाचन क्षेत्रमा कुनै बहाना ननिकाली सम्पूर्ण शक्ति लगाएर काम गर्नुहुन हामी सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूसँग हार्दिक अनुरोधसमेत गरेका हुन।

जनमत पार्टी प्रथम पटक प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भागलिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.