हुलाकी न्यूज, रुपन्देही ।  रुपन्देहीको चर्चित क्षेत्र न. ४ बाट जनमत पार्टी का राष्ट्रिय सचिव भोपेंद्र प्रसाद यादवले आफ्नो उम्मेदवारी दिएका छन्।

सयौं चारपांग्रे तथा दुईपांग्रे सवारी साधनको साथ दलबल एवं नारा जुलुस सहित आइतवार २३ गते सो क्षेत्रको निर्वाचन कार्यालय मर्चवार पुगी उम्मेदवारी दर्ता गराएका थिए ।

किसानको समस्या समाधान गर्ने तथा स्थानीय क्षेत्रको बिबिध समस्या समाधान गर्ने प्रतिबद्धता सहित उनि संसदीय चुनावी प्रतिस्पर्धामा उत्रिएका छन।

उनले आफ्ना नारामा “आधुनिक कृषिका बिकास समृद्धि हेतु एक घर एक कृषि मोटर सहित निशुल्क बिजुली सुबिधा दिया जाएगा” ” सबको देखे बारबार, जनमत पार्टी अबकी बार” तथा ” एक मौका दिजिये फिर चमत्कार देखिये” जस्ता नारा लिएर जनतामा जादै छन्।

चुनाव अघि देखि नै उनले त्यस क्षेत्रमा रणनीतिक ढंगले प्रभाव बिस्तार गरिसकेका थिए । स्थानिय जनताहरु समेत यसपटक को चुनावमा मुख्य रुपमा भोपेन्द्र प्र. यादव र तमलोपा नेता सर्वेन्द्रनाथ शुक्ला बीच टक्कर हुने बताउँछन।

जेलनेल भोगेका एवं स्वतन्त्र मधेश गठबन्धन कालमा राज्यद्रोहको मुद्दा समेत खेपेका प्रखर नेताका रुपमा राम्रो छवि बनाएका यादव युवाहरुमाझ समेत लोकप्रिय मानिन्छन।

सो क्षेत्रका स्थानीयहरु संग राय बुझ्ने क्रममा सम्मरिमाई गापा का स्थानिय रामफेर आर्य ले – यसपटक जनता पुराना लाई भन्दा नयाँ लाइ मौका दिने मुड मा रहेको बताए।

त्यस्तैगरी मर्चवारी गापा कि बिमलावती हरिजनले – बयोबृद्ध उमेर भैसकेका एवं सधैँ बिरामी भैरहने शुक्ला बाबा लाइ यसपटक सम्मानपुर्बक आराम दिनुपर्ने र भिजन भएका भोपेन्द्र यादव जस्तो युवा नेतालाई क्षेत्र बिकासको जिम्मेवारी जनताले दिनुपर्ने बिचार राखिन।

त्यस्तै कोटहिमाइ गापा का एक स्थानीय युवा सलाहुद्दिन मुसलमानले भने “यसपटक यस क्षेत्रका जनताले जातपात भन्दा माथि रहेर डा. सी के राउत को पार्टीलाई जिताउने माहोल बनेको बताए।”

पार्टीको तर्फबाट उक्त क्षेत्र अन्तर्गत प्रदेश सभाको क्षेत्र न. ४-क बाट सम्मरिमाइ गापा का पुर्व-अध्यक्ष जितेंद्रनाथ शुक्ल (बब्लु शुक्ला), त्यस्तै ४-ख बाट सिद्धार्थनगर नगरपालिकाका पुर्ब मेयर पदका उम्मेदवार प्रभावशाली नेता अर्जुन प्रसाद जैसवाल समेत पूर्ण तयारीका साथ् आफ्नो प्रचारप्रसारमा समेत जुटिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.