दिपेन्द्र यादव ,१३ असोज / औरही। सिरहाको औरही गाउँपालिका स्थित गणेशपुर चौकमा जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन सहित बिरोध प्रदर्शन गरेको छ ।
नागरिकता विधेयक समय सीमाभित्र प्रमाणीकरण नगरेको विरोधमा राष्ट्रपति भण्डारीविरुद्ध टायर बालेर जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति भण्डारीको राजीनामासमेत मागेका छन् ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा लाखौं नेपाली नागरिक अनागरिक भएर बस्नुपर्ने स्थिति सृजना भएकाले विरोधमा उत्रिनु परेको जनमतका नेता सुनिल कुमार यादवले बताए । गठबन्धनको नाममा मधेशी जनतालाई पुनः ठगने षड्यन्त्र भैरहेकोले सचेत रहन पनि यादवके आग्रह गरे।



