रामरिझन यादव । नेपाल सरकारको उच्च ओहोदामा बसिसकेका कुनै व्यक्तिले आफ्नै मुलुकको आधा आवादी हिस्सा बोकेका तराई मधेश प्रदेशका बारेमा समूचित ज्ञान राख्दैन भने कसरी ती व्यक्ति निजामति सेवाको नेतृत्व तहमा पुगेका होलान भन्ने प्रश्नको सन्दर्भमा पूर्वसचिव तथा अख्तियार प्रमुख समेत भैसकेका सूर्यनाथ उपाध्यायको वयानले मलाई यो हरफ कोर्न बाध्य पारेको छ ।

उनले ओकलेका गलत विचारका विरुद्धमा लेख्ने हो भने सिंगो एउटा पुस्तक तयार हुन्छ । उहाँको लामो नोकरशाही जीवनको भण्डाफोर हुन्छ । तर, ठाउँको अभावले ती धेरै कुराहरुमध्ये एउटा मात्रको विषय प्रवेशबाट सूर्यनाथको सम्पूर्ण योग्यता, क्षमता तथा दक्षतामाथि प्रश्न तेर्सिएको छ । उनले सिंगो मधेसी समुदायको अस्तित्वमाथि नै प्रश्नवाचक चिन्ह खडा गर्ने दुष्प्रयास गरेका छन् ।

उनले अनलाइनखबर डटकमको मंसिर २२ गतेको पोष्टमा बहसमा समावेशीकरणः जातीय र लैंगिकआरक्षण बन्द गरौं शीर्षकमा भनेका छन्- ‘जहाँसम्म राज्यका निकायमा मधेसीको उपस्थिति कमजोर भन्ने प्रश्न छ, त्यसका लागि पनि इतिहास हेर्नुपर्छ । नेपालमा मधेसीको इतिहास हेर्दा ५० देखि १०० वर्षभन्दा बढीको छैन ।

त्योभन्दा अगाडि तराईमा सबै जंगल थियो । मधेसीहरु भनेको १०० वर्षयता भारतबाट आएका नयाँ आप्रवासीहरु हुन् । अब अहिले राज्यमा उनीहरुको प्रभुत्व निरन्तर बढिरहेको छ । मधेसीहरु हरेक सरकारमा उलेख्य हिस्सामा हुन्छन् । राष्ट्रपति उपराष्ट्रपति भएका छन् । एउटै मधेसी नेतापटक पटक मन्त्री भएका छन् । अझै पनि भनिरहेका छन् कि मधेसीमाथि विभेद भयो ।’

सूर्यनाथ उपाध्यायको यो भनाइ बर्दाश्तभन्दा बाहिरको हो । त्यसैले यस प्रकारका व्यक्तिहरुको भनाइलाई अहिलेको तरल अवस्थामा प्रकाशनमा ल्याउनु कति उचित तथा अनुचित हो भन्ने कुरा छलफलको विषय हो ।

यसले राष्ट्रको अखण्डता र सार्वभौमिकतामाथि आँच पुर्‍याउनेहरुको सोचमा बल पुर्‍याउँछ । त्यो पनि मधेश आन्दोलनले ध्रुवीकरणको पराकाष्ठा नाघेका बेलामा झन यसले प्रत्युत्पादक परिणाम निम्त्याउन सक्छ ।

सूर्यनाथ उपाध्यायको बौद्धिकताको यो निकृष्ट अभ्यास हो । यसलाई जति भत्र्सना गरे पनि कम हुन्छ । मूलतः राज्यले यस प्रकारका बुद्धिजीवीहरुलाई अहिलेसम्म जे जति सम्मान प्रदान गरेको छ,त्यो फर्काउन लगाउनुपर्छ । खोस्नु पर्छ । किनकि, उनले सोर्स र फोर्सको बलमा त्यो प्राप्त गरेको कुरा उनको अल्पज्ञान र विभेदयुक्त बुद्धिले पुष्टि गर्दछ । योग्यता र क्षमताको आधारमा होइन ।

त्यसैले सूर्यनाथ उपाध्यायको साम्प्रदायिक सोचलाई म चुनौती दिन्छु आफ्नो बकपत्रलाई फेहरिस्तमार्फत ।

मेरा पूर्खा:

वनस्पति विज्ञानले पनि कुन रुख कति वर्षको हो भन्ने कुरा ठ्याक्कै भन्छ । खासगरी द्वितीय वृद्धि प्रक्रियामार्फत यो पत्ता लगाइन्छ । त्यस्तै इतिहासकारहरुले पनि कुनै पनि व्यक्तिको वंशको आयु पत्ता लगाउन एउटा मापदण्ड निर्धारण गरेको पाइन्छ । त्रिभूवन विश्वविद्यालय केन्द्रीय इतिहास विभागका प्राध्यापक. डा. भुवनेश्वरी पंगेनीका अनुसार पहिले पहिले एउटा पुस्तालाई ५० वर्षसम्म मान्ने चलन थियो । तर, अचेल २५ वर्षसम्म गणना गर्दा फरक पर्दैन । वास्तवमा अहिलेको सापेक्षतामा पहिले औसत आयु बढी हुने गरेकाले होला ५० वर्ष तोकेको हुनुपर्छ ।

अर्का इतिहासकार डा.मेदिनी प्र. शर्मा तथा डा. सुरेन्द्र केसीले एउटा पुस्तालाई ३० देखि ४० वर्षसम्मको मान्यता दिनु हुन्छ । यस्तो अवस्थामा न २५ न ५० वर्ष, औसत ३० वर्ष मान्ने हो भने सिंगो वंशको आयु पत्ता लगाउन सकिन्छ ।

यस हिसावले हेर्ने हो भने मेरा पूर्खा सोमन राउत हालको भारत विहारको मधुवनी जिल्ला राइढमलमैलका वासिन्दा थिए भन्ने कुरामा कुनै शंका छैन । अहिले पनि मेरा पुख्र्यौली अवशेषका प्रमाणहरु त्यहाँ भेटिन्छन् । यस आधारमा हृवातै कसैले मलाई भारतबाट आएको भन्न पनि सक्छ । बिहारीको बिल्लासमेत भिराउन सक्छ ।

तर, वास्तविकता अर्कै छ । मेरा पूर्खा सोमन राउतका एक मात्र छोरा बैद्यनाथ राउतको विहे हालको सिरहाजिल्लाको केन्द्र सिरहाभन्दा पाँच किमी पूर्व सन्हैठा गा.वि.सको वार्ड न.५ मा साधुराम यादव ९अधिकारी) की जेठी छोरी श्यामादेवी यादवसँग भयो । उनी ससुरालीमा नै घरजम गरेर बसे । बुढापाकाको भनाइ अनुसार त्यतिबेलासम्म त्यो गाउँले बृहत आकार प्रकार लिइसकेको थियो ।साधुराम यादव सबैभन्दा धनी व्यक्ति भएकाले उहाँलाई गाउँलेहरुले आदरपूर्वक अधिकारी भन्ने गर्थे । अहिले पनि त्यो खानदान अधिकारी नै कहलाउँछन् ।

मूलतः सन्हैठा गाउँको नाम त्यहाँ अवस्थित साँझोमाइको थानबाट परेको भनाइ रहेको पाइन्छ । अहिले पनि त्यो थान (पीपलको विशाल रुख) जसका हांगाविंगाले पनि विस्तार रुप धारण गरिसकेको छ, शक्तिपीठका रुपमा पुजिन्छ । मैथिली भाषामा बेलुकालाई साँझ भनिन्छ भने आमालाई माई भनिन्छ । शक्ति पीठको पूजा साँझमा हुँदै आएकाले ‘साँझोमाइ’ भनिएको हो । अहिले त्यो पिपलको रुख सुकिसकेको छ । जुन दिन त्यो ढल्छ, त्यसलाई काटेर सहजै सन्हैठा गाउँको आयु वनस्पतिशास्त्रको वैज्ञानिक विधिद्वारा पत्ता लगाउन सकिन्छ ।

यसरी अहिलेसम्म बैद्यनाथ राउतको आठौं पुस्ताले सन्हैठामा अवतरण गरिसकेको छ । म बैद्यनाथ राउतको छैठौं पुस्ता हुँ भने मेरी छोरी शिखा किरण तथा श्रद्धासुमन सातौं पुस्ता हुन् । तर, मेरो ठूलोबुबा जगबीर यादवको पुस्ताको गणना गर्ने हो भने आठौं पुस्ताको प्रादुर्भाव प्रवेश यादव र आवेश यादवका रुपमा भैसकेको देखिन्छ । छोरीको हकमा त नवम् पुस्तासम्म पुगेको छ ।

यस्तो अवस्थामा एउटा-दुइटा पुस्तालाई छाडेर नै गणना गर्ने हो भने प्रत्येक पुस्ताको ३० वर्षको दरले ७ वटा पुस्ताको २ सय १० वर्ष हुन आउँछ, जुन सुगौली सन्धिभन्दा पहिलेको स्थितिलाई दर्शाउँछ ।
तर, मेरा पूर्खा बैद्यनाथ राउतको बिहे जुन घरमा भयो, त्यो त धेरै पहिलेदेखि नै बसोबास गरेको देखिन्छ । यस्तो अवस्थामा मधेशीहरु ५० देखि १०० वर्षभन्दा मुनिका आप्रवासीहरु हुन् भन्ने भ्रम छाड्न जुन दुस्साहस सूर्यनाथ उपाध्यायले गरेका छन्, त्यस्तो ब्राहृमणवादले नेपाललाई कति हदसम्म गाँजिसकेको भन्ने कुराको पुष्टि गर्दछ । कलम र कागज हातमा हुँदैमा जे पनि भन्न र लेख्न पाइन्न ।

अझ यो कुराको पुष्टि गर्न जिउँदो उदाहरण मसँग छ । मेरो पूर्खा बैद्यनाथ राउतको जेठो छोरा ईश्वरी भगतका दुई छोरा थिए- नथु यादव र सुनर यादव । नथु यादवको कान्छो छोरा सत्यनारायण यादव अहिलेसम्म जिउँदै हुनुहुन्छ । करिव सय वर्ष हुन लागेका हजुर बुया सत्यनारायण यादवले अस्ति भरखरै कार्तिक ११ गते साहित्यकारद्वय खगेन्द्र संग्रौला र युग पाठकलाई मधेसी आन्दोलनमा पुर्‍याएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

मेरो चौथो पुस्ताको सय वर्ष हुन लागेको अवस्थामा मधेशीहरु सय वर्ष मुनिका हुन् भन्ने सूर्यनाथको ढिपीमा कुनै दम छैन । मत स्वतः खण्डन हुन्छ । अहिले पनि मेरा हजुरबुबा बाहेक सय वर्षको वरिपरिमा करिव आधा दर्जन बूढापाकाहरु मेरो गाउँमा बाँचेको अवस्थामा छन् ।

अर्को कुरा, हामी ग्रेटर नेपालको कुरा गर्छौं । के हो त्यो ग्रेटर नेपाल ? कहाँसम्म थियो त्यसको सीमाना ? ग्रेटर नेपालको नक्सा हेर्ने हो भने त मेरा पूर्खा बैद्यनाथ राउत विदेशमा गएर घरजम गरेर बसेको देखिन्न । आफ्नै देशमा बिहेबारी गरेको पाइन्छ ।

त्यस्तै नयाँ मुलुक भनेको को हो ?बाँके, बर्दिया, कैलाली र कञ्चनपुर न हो । सन् १८१४ को युद्धमा त्यो पनि अंग्रेजले लिइसकेका थिए । पछि सन् १८५७ मा भारतीय पहिलो स्वतन्त्रता संग्रामलाई दबाउन जंगबहादुरले अंग्रेजलाई सघाएकाले फर्काएको हो । त्यसैले अहिलेको मेचीदेखि दाङसम्मको सीमाना सुगौली सन्धिले तोकेको आधारमा भएको हो भने बँकेदेखि कञ्चनपुरसम्म सन् १८६० मा सीमांकन गरिएको हो ।

त्यसैले सूर्यनाथ उपाध्याय जस्ता व्यक्तिहरुले आफ्नो देशको चौहद्दीभित्रको भूगोलमा बसोवास गर्ने आधा हिस्साबारे सामान्य ज्ञान नभए पनि उनी नेपाल सरकारको उच्च ओहोदामा के गुणका कारण पुगेका थिए भन्ने प्रश्नको एउटै उत्तर हो – ब्राहृमणवाद । किनकी उनी खस हुन् । ब्राहृमणवादको बोलबाला थियो । पञ्चायती निरंकुश व्यवस्था मात्र होइन, पुर्नस्थापित बहुदलीय प्रणालीसमेत जातीय शासन व्यवस्थामा चुर्लुम्म डुबेको थियो, जसले एउटा भाषा एउटै भेष, एउटै धर्म र एउटा जात विशेषको वर्चश्व स्थापित गरेको थियो । यसलाई संवैधानिक अधिकारद्वारा प्रत्याभूत गरिएको थियो ।

यही व्यवस्थाको छहारीमुनि तपाई लम्जुङको भक्ति नमुना माविमा २०२४ सालमा संस्थापक प्र.अ.बन्न पुग्नुभएको थियो । प्र.अ.बाट अधिकृत बन्नुभयो । सचिव हुनुभयो । र, हुँदाहुँदै अख्तियार प्रमुखसम्मको पद पड्काउनुभयो । यसको पछाडि जातीय सोचले पनि अहम् भूमिका निर्वाह गरेको देखिन्छ । ब्राहृमणवादी व्यवस्थामा गरिएको निर्णयमा साम्प्रदायिकताको प्रचूर मात्रा हुन्छ र तपाई त्यसको अपवाद बन्न सक्नु हुन्न ।

4 COMMENTS

  1. संसारको कुनै भूभाग छैन, जहाँ मानबिय आगमन तथा बसाई सराइ भयको नहोस.! जहाँ सम्म नेपाली तराई को कुरा छ! नाता गोता तथा केहि आर्थिक कारणले बिहारी तथा U P बाट आयका होलान! तर यसमा पनि प्रस्ट के छ भने नेपाल देशको कानुन अनुसार उनीहरु बसोबास गरेका छन् भने र नेपाली नागरिकको हैसियत प्राप्त गरि सकेका छन् भने उनी हरु शुध्हः नेपाली हुन! अब उनीहरु को रास्तियताको प्रश्न कुनै पनि आधार मा उठ्न हुदैनन ! बरु उनीहरुलाई पनि देशको मूल धारमा पुर्युना देश को प्रसासन बाट हरेक प्रयाश हुन पर्छ! मानब धर्ति संगै आयको होइन, क्रमिक बिकाशबाट पछि आयको हो! यो देश राजा जनकको हो! राजा बिराटको हो! उनी हरु को नै सिर्जना हो! यहाँका हिमाल, पहाड तथा तराई सबै ति प्राचिन राज्य नै हुन्! राजा प्रिथिवी नारायण शाहले पुरानो रुपलाई मुर्त दिने कोसिस गरेका हुन्!

  2. suryanath upadhya jasto soch and mansikta bhayeka dherai khash bahun haru 6 jun sasan and sata ma pur lipt bhayeko abastha 6 .tehi soch and gyan ko karan ke madheshi haru ko bastbikta nabujher bibhed gareko pain6.ahile sama pani madheshi lai tehi najar le herne gareko 6.uniharu sabai brahaman bad ko karan le garda agadi bhayeo bhane kura itihas le swam dekhayekai 6..aba pani barahman bad ko jado ukhelne hoin bhane …yo sanbidhan ko kunai auchitya 6en.tesaile suryanath yadav jasta alp gayani and..murkh haru lai jaro bat ukheldai sahi..yogyata and chhamta bahyeka bibeksil nepali.haru ko samuday agadi aaunu jaruri 6 .

    • tapai jasta bidwan madheshi byakti haru le khas badi haru ko bibedhkari kura ko khandan garnu parxa ra garnu bhayeko ma sa dhanyabaad jai madhesh jai matrabhumi

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.