दिपेन्द्र यादव /सिरहा ,३० भाद्र। सिरहाको औरही गाउँपालिकामा राष्ट्रिय बाल दिवसको अवसरमा पालिका स्तरीय विभिन्न प्रतियोगिता एवम् संस्कृति कार्यक्रम सम्मपन भएको छ। कार्यक्रममा हाई जम्प , लङ जम्प , स्लो साइकल रेस , दौड प्रतियोगिता , वक्तृत्वकला प्रतियोगिता र नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । ‘बालमैत्री समाजका आधारः जिम्मेवार परिवार उत्तरदायी सरकार’ नाराकासाथ ५८ औं राष्ट्रिय बालदिवसका अवसरमा बुधबार प्रतियोगिता आयोजना गरिएको हो ।
औरही गाउँपालिकाको आर्थिक लगानीमा आयोजित प्रतियोगितामा पालिका भरिका सबै सामुदायिक बिद्यालय बाट बालबालिकाहरु सहभागी थिए । प्रतियोगितामा हाई जम्पमा सुन्दर जनता माबिका प्रिन्स यादव १.३० मिटर जम्प गरेर प्रथम , सुर्यनाराण यादव १.२९ मिटर जम्प गरेर द्वितीय , रुपक कुमार यादव १.२९ मिटर जम्प गरेर तृतीय भएका थिए । त्यसतै लङ जम्पमा सुन्दर माबिकै राजन कामतले १४.६ फीट लामो जम्प गरेर प्रथम , रसल यादवले १४.५ फिट जम्प गरेर दोस्रो र जनता माबि दरहियाका मिथलेश यादव १४.४ फिट गरेर तेस्रो भएका थिए । त्यसतै स्लो साईकल रेसमा सुन्दर जनता माबी कै सुधा यादव प्रथम , सरस्वती यादव द्वितीय भएकी थिईन । दौड प्रतियोगितामा भने जनता माबी दरहियाका रुपेश सिंह प्रथम , आधारभूत बिद्यालय इटाटारका प्रमोद मोची द्वितीय , सुन्दर जनताकै सन्जित कामत तृतीय भएका थिए। बकतृत्वकला तर्फ सुन्दर जनता मा. बि कै देब नारायण पासवान प्रथम , बलराम यादव द्वितीय , जनता माबी दरहियाका भरत यादव तृतीय भएका थिए। नृत्य तर्फ भने दरहिया माबी प्रथम ,आधारभूत बिद्यालय कमलपुर द्वितीय,सुन्दर जनता तृतीय भएका थिए । कार्यक्रम औरही- स्थित सुन्दर जनता मा. बि को प्राङ्गणमा भएको थियो। भन्ने कार्यक्रम संचालनका लागि स्थानीय युवा चतुरानन्द यादव , दिपेन्द्र कुमार यादव , पोसन कुमार यादव , राकेश पासवान , रुपेश कुमार यादव लगायतले सम्पुर्ण तयारी तथा व्यवस्थापन गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शिवजी यादव , वडा अध्यक्ष सुरेन्द्र यादव , जनमत पार्टीका नेता संजय कुमार यादवले गहन मन्त्वय राखेका थिए ।