हुलाकी न्यूज, रुपन्देही । नेपाल भारत वर्ल्ड डेवलपमेंट फोरमको लुम्बिनी प्रदेश सचिव तथा केन्द्रीय भ्रष्टाचार विरूद्ध अभियान प्रमुखमा संंजय कुमार मिश्रलाई नियुक्त गरिएको छ ।
फोरमको लुम्बिनी प्रदेश समिति तथा केन्द्रीय निर्णय अनुसार मायादेवी गापा ४, रुपन्देहीका मिश्र लाई फोरमको लुम्बिनी प्रदेशको प्रदेश सचिव तथा केन्द्रीय भ्रष्टाचार विरूद्ध अभियान प्रमुखमा नयुक्त गरिएको हो ।
फोरमको उद्येश्य विश्व विकास, विश्व शांति, विश्व मानव कल्याण तथा नेपाल भारत सम्बन्ध बिस्तार लगायत अन्य देशहरु संगको सम्बन्धलाई प्रगाढ़ बनाउदै नेपालको ऐतिहासिक सम्पदा कला संस्कृति – सनातनी परम्परालाई बचाउदै देश लाइ सम्बृद्ध बनाउनु रहेको नवनियुक्त मिश्रले बताए I
उनी यस अघि डा. सीके राउत नेतृत्वको जनमत पार्टीको भ्रष्टाचार निवारण बिभाग प्रमुख रहिसकेका छन ।