राजविराज : सप्तरीको बलान बिहुल गाउँपालिकाको चन्हीमा दुर्गातारा राष्ट्रिय प्राथमिक विद्यालयको नयाँ भवन शिलान्यास गरिएको छ ।
गाउँपालिकाको वडा नम्वर २ चन्हीमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयको नयाँ भवनको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले शिलान्यास गरेका हो ।
अध्यक्ष यादवले पालिकामा शैक्षिक स्तर उकास्न आफु प्रतिवद्व रहेको बताए । उनले विद्यालय शिक्षाको मन्दिर रहेकोले विकासका लागि सबै दल एक हुनुपर्नेमा जोड दिए । एक वर्ष भित्र निर्मााण कार्यसम्पन्न हुने गरि योजना रहेको उनले बताए ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भवन निर्माणका लागि आएका ३६ लाख रकम विद्यालयको खातामा निकासा दिएको र भवन निर्माण गर्न उपभोक्ता समिति बनाएर बलान बिहुल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. नसिम राईनले बताए ।
सो बजेटमा एक तल्ले ४ कोठाको विद्यालय भवन बन्न लागेको विद्यालयमा व्यवस्थापन समितीका अध्यक्ष रामकुमार मण्डलले बताए ।
विद्यालय पक्की भवन निर्माण हुन लागेपछि विद्यार्थी स्थानिय हर्षित भएका छन् ।



