हुलाकी न्यूज, बीरगञ्ज २६ मंसिर । मुस्लिम अधिकार मञ्च पर्साले एक सय २० दिनदेखि जारी मधेश आन्दोलनलाई सरकारले वेवास्ता गरेको भन्दै अझै चर्काउँदै लग्ने जनाएको छ ।
शनिबार बीरगञ्जमा सम्पन्न मञ्चको आकास्मिक बैठकबाट विभिन्न चार बुँदै मागलाई जोड दिदै आन्दोलनलाई निस्कर्षमा पु¥याउने निर्णय गरेको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनसँग मिलेर निरन्तर आन्दोलन गरिरहेको भन्दै आन्दोलनलाई अझ् शक्ति बनाउने निर्णय गरेको मञ्चद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मञ्चका अध्यक्ष जन्नत अन्सारीले शनिबार प्रेश बिज्ञप्ती जारी गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेसी मधेशी गठबन्धनले बिगत चार महिनादेखि गरेको मधेश बन्द र ८० दिनदेखि गरेको नाका बन्दमा पुनःएक्यवद्धता जनाएको छ । साथै जारी मधेश आन्दोलनले मधेशलगायत नेपालको जनजीवन पुर्णरुपमा ठप्प हुदाँसमेत नेपाल सरकार आन्दोलनलाई वेवास्ता गरेको भन्दै आफनो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मञ्चले नयाँ संबिधानले मुस्लिम समुदायको अधिकार सुनिश्चित नगरेको भन्दै तत्काल मुस्लिम समुदायको माँगहरु पुरा गर्न आग्रह गरेको छ । संबिधानमा संबैधानिक राष्ट्रिय मुस्लिम आयोगको गठन, पृथक राष्ट्रिय पहिचान, राज्यको सम्पुर्ण निकायमा समानुपातिक समावेसी सहभागिता र पारिवारिक कानुनलगायत चार बुंदे माँगहरु पुरा गर्न मञ्चले आग्रहसमेत गरेको छ ।
शनिबारको बैठकमा नेपाल मुस्लिम अधिकार मञ्चका अध्यक्ष जन्नत अंसारी, संरक्षक शशिकपुर मियाँ उपाध्यक्षद्वव मौलाना नुरुलहोदा, रौउफ अंसारी, सचिव सम्सुलहोदा अंसारी, कार्यसमिती सदस्य दाउद अंसारीलगायत अन्य पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।




andolan ta india bata poo sanchalan bhako raicha…khai aajkal niskarsa bina nai siddiyo andolan….hahahaha